अमरत्वः परापुर्वकका कथा

china-monkey-king

अमर बन्ने सपना मानिसले धेरै पहिले देखि बुन्दै आएका हुन। मृत्युबाट बच्ने इच्छा विश्वव्यापी छ। चाहे त्यो डरको कारणले होस्, या धेरै बाच्ने रहरले या त ज्ञानको खोजी गर्न समय नपुग्नाले होस्। अमरत्व आफैमा विवादित विषय हो।

जीवनको लक्ष्य सुखलाई मान्ने हो भने अमर हुनु श्राप सरह हुन्छ। आध्यात्मिक दृष्टीले हेर्दा अमरत्वको कुनै महत्वछैन। भोग विलासकै लागि जीवन व्यतीत गर्नेलाई भने अमरत्व ठुलै चिज हुनेछ। तर धर्म देखि प्रविधि अमरत्वकै पछि नलागेका पनि होइनन्। तर हालको विश्वमा अमरत्व केवल एक सपना मात्रमा सिमित रहेको छ।

सदियौं देखि कथाको रुपमा चल्दै आएको अमरत्व सम्बन्धि विश्वका केही चर्चित सन्दर्भहरु जानिराखौं।

जापानको पुरानो कथाअनुसार कुनै बेला मानिसजस्तै आकारको माछा थियो। जसको नाम निंग्यो थियो। यी माछा समुन्द्रको गहिर्याइमा बस्थे। कसैले यी माछा समातेमा देशमा ठुलो विपत्ती आउँथ्यो। समात्ने मानिस अभागी हुन्थे। हावाहुरी सहित मौषममै ठुलो गडबढी मच्चिन्थ्यो।immortality

‘आठसय वर्षकी तपस्वी’ को नामले चिनिने एक केटीको बाबुले त्यो माछा समातेर घरमा ल्याए। ती केटीले त्यो माछाको मासुखान पुगिन। अमरत्वको श्राप पाएको त्यो माछाको मासुले गर्दा ती केटीपनि अमर भइन्।उनका आफ्ना सारा आफन्त बिस्तारै मरेर गए तर उनी सबैको मृत्युको पिडा सहदै बाँच्दै गइन। आफ्ना सारा मानिसको मृत्युले उनमा दुख भरियो अनि अन्तत बुद्धको शरणमा गइन। भिक्षुणी बनेर जीवन बिताएर ८०० वर्षको उमेरमा त्यी भिक्षुणीले देह त्याग गरिन।

क्रिस्चियन कथा अनुसार जब यशुलाई क्रुसमा टाँग्न लगिदै थियो, भिडमा हेर्नबसेको एक व्यक्तिले यशुलाई जुत्ताले हान्दै छिटो गर्न भनेछ। ‘म नआएसम्म तँ पृथ्वीमै बस्नेछस्’, यशुले उक्त व्यक्तिलाई अमरत्वको बरदान दिदै भनेछन्।chirstina-image

त्यसपश्चात यशुलाई क्रुसमा टाँगियो। त्यो व्यक्तिले आफ्नो नाम परिवर्तन गरेर जोसेफ राखेछ। अनि जोसेफ क्रिस्चियन बनि जीवन व्यतित गर्न थाल्यो। तर अमरत्वको बरदान भने उसलाई श्राप सरह भयो। वर्षको कुनै दिनपनि उ बस्न वा आराम गर्न सक्दैनथ्यो। क्रिसमसको दिनमात्र केही क्षण उसलाई आराम मिल्थ्यो। प्रत्येक १०० वर्षमा उ ठुलो बिरामी पर्थो। त्यसपछि थुप्रै समय अलप हुन्थ्यो अनि फर्केर आउँदा उ ३० वर्षको पुरानै जोसेफ हुन्थ्यो।

ग्रीक कथा अनुसार, मानिसलाई ‘मोर्टल’ भनिन्थ्यो। जसको अर्थ हुन्छ ‘मरेर जाने’। धेरै वर्ष पहिले मानिसहरु भगवानसंग नै छल गर्थै, युद्धको चेतावनी दिन्थे। यी व्यक्तिहरुलाई भने ग्रीक देवताहरुले अनन्तकालसम्मको लागि सजाँय दिन्थे।water-and-snake

सिसीफस नामक एक व्यक्तिले ग्रीक देवता जिउसलाई छल गरेर थानोटसलाई आफ्नो जालमा पारे। थानोटस हिन्दु धर्मका यमराज झै मृत्युको देवता थिए। थानोटसलाई सिसीफसले आफ्नो कब्जामा पारिदिँदा अब विश्वमा कसैको पनि मृत्यु नहुने भयो। युद्ध सम्बन्धि देवता एरिसलाईले यो कुराले निकै टाउको दुख्यो अनि सिसीफसलाई सजाँय दिए। अब सिसीफस को दिनचर्या नै बदलियो। दिनदिनै एक ठुलो ढुङ्गालाई गुडाउदै डाँडाको टुप्पामा पुर्याउनु पर्थो अनि बेलुका सोही ढुङ्गा डाँडाबाट खसाल्नु पर्थो, फेरी बिहान उठेर सोही ढुङ्गा डाँडाको टुप्पासम्म। सिसीफसलाई यो सजाय अनन्तकालसम्मको लागि श्राप दिइएको थियो।

बुध ग्रहमा पाइने धातु सिनाबार प्रयोग गरेर ‘टावइस’ नामक जादुगरि अमृत बनाइन्थो रे। पुराना कथा अनुसार, सिनाबार, सुन जस्ता केही धातुहरु पचाउन सके शरीरबाट, अमर हुनको लागि जे जे कुराले अवरोध खडा गरेको थियो, ती सबै हटेर जान्थ्यो अनि बिस्तारै शरीरले अमरत्व स्वीकार गर्दै जान्थ्यो रे। यसरी धातु खाएर अमर बन्न खोज्दा अधिकांस धातुले मानिसको मृत्यु हुने गर्थ्यो। ठुला ठुला राजाहरुको पनि यसरी धातु पचाउन खोज्दा मृत्यु भयो।cinnabar-mercury-metal

अनि यस्तो चालाले अमर बन्न सकिदैन भनेर अरु उपाय खोजी गर्न थालियो। आफ्नो शरीरमै भएको शक्तिलाई भण्डार गरेर लामो समय बाँच्न सकिने आशाको साथ मानिहरु योगा अनि अन्य खालका गतिविधि शुरु गर्न थाले।

परापुर्वक कालमा बाँदरका राजा सन उकोंगलाई आरुको बोट रक्षा गर्नको लागि छानियो। कौतुहल भएर उनले बोटबाट आरु टिपी खाएछन्। जसले गर्दा उनले आयु १००० बर्ष लम्बिएछ। त्यसपश्चात उनी आरुको बोट छोडी भागे। खोजतलास गरि उनलाई समातेर मृत्युदण्ड दिन ल्याइयो। तर उनी १००० वर्षसम्म नमर्ने भएका थिए। कसैगरे पनि उनलाई मृत्युदण्ड दिन सकेनन्।china-monkey-king

पछि उनीले स्वर्गका देवताहरुसंग नै युद्ध सुरु पो गरे। पछि ३००० वर्षमा एक पटक फल दिने त्यो आरुको फलहरु देवताहरुमा पनि बाँडियो अनि देवताहरु पनि अमर भए।

Hindu-religion
देवता र दानवहरु छलफल गरेर समुन्द्र मन्थन गर्ने योजना बनेछ। बासुकी नागको डोरी बनाएर समुन्द्र मन्थन गर्न थाले देवता र दानवहरु। मन्थन गरेसंगै कालकुट विष सहित धेरै बहुमुल्य वस्तुहरु सहित अमृत पनि निस्केछ। देवताहरुले त्यो अमृत भने दानवलाई नदिइ खाने प्रबन्ध मिलाए। यसरी दानवलाई छल गरेर देवताहरुले मात्र अमृत खानको लागि विष्णुले सुन्दरीको अवतार लिएका थिए।

विश्वमा अमर हुनकै लागि घटेका वा रचिएका यस्ता कथाहरु धेरै पहिले देखि चल्दै आएको छ। वास्तविकतामा भने अहिले सम्म यो सम्भव भएको देखिन्न। शरिरका कोषहरु बुढो हुदै गएपछि शरीरको मृत्यु निश्चित छ। कोषको मृत्यु नै रोक्ने हो भने अमरत्व सम्भव हुन सक्ला। सबैकुरा परिवर्तनशील छ, त्यसैले नै जहाँ जीवन छ त्यहाँ मृत्यु पनि अवस्य हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *