आइतबारको रशिफाल

नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन २७ गते, आइतबार, इश्वी सन् २०१८ अगस्ट १२ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर,दक्षिणायन, वर्षा ऋतु,नेपाल संवत् ११३८ गुँलाथ्व, श्रावण शुक्लपक्ष, तिथि– प्रतिपदा, १३:२५ बजेउप्रान्त द्वितीया, नक्षत्र– मघा, २४:२० बजेउप्रान्त पूर्वफाल्गुनी, योग– वरियान्, १०:३९ बजेउप्रान्त परिघ, करण– वव, १३:२५ बजेदेखि वालव, २४:१७ बजेउप्रान्त कौलव,आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– सिंह, सूर्योदय– ५:३३ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३२ घडी ५५ पला। वर्त/पर्व-गुँलाधर्म प्रारम्भ।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन २८ गते,सोमबार,इश्वी सन् २०१८ अगस्ट १३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,वर्षा ऋतु, नेपाल संवत् ११३८ गुँलाथ्व, श्रावण शुक्लपक्ष,तिथि– द्वितीया, ११:१३ बजेउप्रान्त तृतीया, नक्षत्र– पूर्वफाल्गुनी, २३:०१ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– परिघ, ७:४७ बजेदेखि शिव, २९:०५ बजेउप्रान्त सिद्ध,करण– कौलव, ११:१३ बजेदेखि तैतिल, २२:१२ बजेउप्रान्त गर, आनन्दादिमा ध्वज योग,चन्द्रराशि– सिंह, २८:४४ बजेउप्रान्त कन्या, सूर्योदय– ५:३३ बजे, सूर्यास्त– १८:४२ बजे र दिनमान ३२ घडी ५१ पला। वर्त/पर्व-वराहजयन्ती।

आजको रशिफाल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ, सम्मान र साख पनि प्राप्त हुनेछ ,आजको सुभ अंक ९ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानीका मार्गहरू बढ्ने छन्, यद्यपि खर्च पनि बढ्ने छ, आम्दानीका मार्गहरू खुल्नेछ,आजको सुभ अंक ८ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
मित्र र नातागोताका साथीभाइसँगको सामाजिक सम्बन्ध अझ राम्रो हुनेछ,धार्मिक यात्राको सम्भावना रहेकोछ,आजको सुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आय आर्जनका मार्गमा राम्रै सुधार आउने छ, लामो यात्रा सुखद एवं सफलता सिद्ध हुनेछ ,आजको सुभ अंक ४ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रोजगारीका क्षेत्रमा सफलता आर्जन गर्नुहुनेछ, धन आर्जनको दृष्टिले पनि यो समय राम्रो छ ,आजको सुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दुर्घटनाको सामान्य भय छ र आर्थिक हानिको सम्भावना छ ,आफन्त बाट धोका हुनेछ, आजको सुभ अंक ५ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ ,स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छैन, आजको सुभ अंक १ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारमा विशेष ध्यान दिनु राम्रो हुनेछ,आर्थिक नाश हुने सम्भावना छ ,आजको सुभ अंक ५ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आकस्मिक रूपमा धनहानि हुने , स्वास्थ्य सम्बन्धी समस्याका कारण तनावग्रस्त रहनु पर्नेछ ,आजको सुभ अंक ४ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अप्रिय घटना भोग्ने तथा स्वयं मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ,आजको सुभ अंक ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्नो घमण्डका कारण शत्रु बढ्ने सम्भावना छ , बोलीमा विचार पुर्याउनु होला ,आजको सुभ अंक ३ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक कार्यमा सफलता मिल्नेछ, स्वास्थ्यमा सुधार आउला,मन सम्मान मिल्नेछ,आजको सुभ अंक २ रहेको छ ।

तन्त्र,मन्त्र,यन्त्र,ज्योतिष तथा वास्तु विज्ञान सेवा बाट कुनै पनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *