आइतबारको राशिफल

नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ २४ गते,आइतबार, इश्वी सन् २०१८ सेप्टेम्बर ९ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ गुँलागा,भाद्र कृष्णपक्ष, तिथि– औंसी, २३:३५ बजेउप्रान्त प्रतिपदा, नक्षत्र– मघा, ८:२७ बजेउप्रान्त पूर्वफाल्गुनी, योग– सिद्ध, १६:२३ बजेउप्रान्त साध्य, करण– चतुष्पद, १२:३९ बजेदेखि नाग, २३:३५ बजेउप्रान्त किंस्तुघ्न,आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– सिंह,सूर्योदय– ५:४६ बजे, सूर्यास्त– १८:१४ बजे र दिनमान ३१ घडी ०९ पला। वर्त/पर्व-औंसी, दर्श-श्राद्ध, कुशेऔंसी (कुश ग्रहण गर्ने), गोकर्ण तीर्थमा स्नान तथा श्राद्ध, स्नान-दान गर्ने, हलो बार्ने र निशि बार्ने औंसी, मन्वादि, पितृ साम्मान दिवस (बाबुको मुख हेर्ने), युवक कवि मोतीराम भट्ट जयन्ती।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ २५ गते, सोमबार,इश्वी सन् २०१८ सेप्टेम्बर १० तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ ञलाथ्व, भाद्र शुक्लपक्ष,तिथि– प्रतिपदा, २१:३८ बजेउप्रान्त द्वितीया, नक्षत्र– पूर्वफाल्गुनी, ७:०५ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– साध्य, १३:३८ बजेउप्रान्त शुभ,करण– किंस्तुघ्न, १०:३५ बजेदेखि वव, २१:३८ बजेउप्रान्त वालव, आनन्दादिमा ध्वज योग, चन्द्रराशि– सिंह, १२:४७ बजेउप्रान्त कन्या, सूर्योदय– ५:४७ बजे, सूर्यास्त– १८:१३ बजे र दिनमान ३१ घडी ०५ पला। गुँलाधर्म समाप्ति।

आजको राशिफल
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
सवारी साधनको प्रयोग होसियारीसाथ गर्नुपर्ने बेला छ, पढाइलेखाइमा सामान्य प्रगति र नोकरीमा केही चुनौतीको योग छ,आजको शुभ अंक १ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पढाइलेखाइमा प्रगति हुनेछ निजी व्यवसायमा लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ,चौपायाबाट पनि सोचेको फाइदा नहुन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ,मानसम्मान पाइनेछ,लगानीको प्रतिफल व्यापार व्यवसायमा लाभ मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तानबाट सुख मिल्ने योग छ,रोकिएका काम सुरु हुनेछन् आर्थिक उपार्जनमा सुधार आउनेछ,घरमा मंगलमय कार्य सम्पादन हुनेछन्,आजको शुभ अंक ३ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक असमझदारी,आत्मीय जनसँग बिछोड र खिन्नता निम्त्याउने देखिन्छ,एक्लोपनाको अनुभूति हुनेछ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
स्थायी सम्पत्ति बिक्री हुन सक्छ, काममा बाधा,अस्वस्थता,मिथ्या आरोप र अरूबाट अन्याय सहन गर्नुपर्ने अवस्था आउनेछ, आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सामाजिक प्रतिष्ठा बढ्नेछ,दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ र सन्तानबाट प्रसन्नता मिल्नेछ,प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ, आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्,तनाव बढाउने देखिन्छ,कर्मवृत्तिका सामान्यतया अनुकूल रहनेछन्, आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
शिक्षा र साझेदारीमा फाइदा हुनेछ,चिन्ता,आलस्य र अस्थिरताका कारक देखिन्छन्,आफ्नै कमजोरीले फाइदा गुम्न सक्छ, आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ,पढाइलेखाइ अपूर्ण देखिन्छ,अनावश्यक खर्च,कर्जा र चोटपटकका कारक देखिन्छन्,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ, भूमि,घर अथवा वाहन प्राप्तिको योग छ,विद्यार्थीहरूका लागि विशेष उपलब्धि हुनेछ, आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन्,कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ,खर्च गर्नुपरे पनि वैदेशिक यात्राबाट लाभ मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *