आइतबारको राशिफल

जय गुरु देव !! नारायण !! जय भोले बाबा !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २१ गते,आइतबार,इश्वी सन् २०१८ अक्टोबर ७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन, शरद ऋतु, नेपाल संवत् ११३८ ञलगा,आश्विन कृष्णपक्ष,तिथि– त्रयोदशी, १२:४६ बजेउप्रान्त चतुर्दशी,नक्षत्र– पूर्वफाल्गुनी, १५:१० बजेउप्रान्त उत्तरफाल्गुनी,योग– शुक्ल, २१:३० बजेउप्रान्त ब्रह्म,करण– वणिज, १२:४६ बजेदेखि भद्रा, २३:४६ बजेउप्रान्त शकुनि, आनन्दादिमा छत्र योग,चन्द्रराशि– सिंह, २०:५१ बजेउप्रान्त कन्या, सूर्योदय– ६:०० बजे, सूर्यास्त– १७:४२ बजे र दिनमान २९ घडी १५ पला। वर्त/पर्व-सर्वार्थसिद्धि योग २३:४६ बजे प्रारम्भ, शस्त्र-अस्त्र आदिबाट मरेकाको चतुर्दशी श्राद्ध, नलाश्वनेचह्रे पूजा, जुम्ला खलङ्गामा चन्दननाथको लिङ्गो उत्थान।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २२ गते,सोमबार,इश्वी सन् २०१८ अक्टोबर ८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ ञलगा,आश्विन कृष्णपक्ष,तिथि– चतुर्दशी, १०:५० बजेउप्रान्त औंसी, नक्षत्र– उत्तरफाल्गुनी, १४:०० बजेउप्रान्त हस्त, योग– ब्रह्म, १८:५४ बजेउप्रान्त ऐन्द्र,करण– शकुनि, १०:५० बजेदेखि चतुष्पद, २१:५९ बजेउप्रान्त नाग,आनन्दादिमा श्रीवत्स योग, चन्द्रराशि– कन्या, सूर्योदय– ६:०० बजे, सूर्यास्त– १७:४१ बजे र दिनमान २९ घडी ११ पला। दर्श-श्राद्ध।वर्त/पर्व- औंसी श्राद्ध,पितृ विसर्जन, सोह्रश्राद्ध समाप्ति,निशि बार्ने औंसी,श्रीप्राणनाथ जन्मोत्सव।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सल्लाह र सुझाव प्राप्त हुनेछ,कर्मचारीले प्रशंसा पाउने छन् ,घरायसी काममा दिलचस्पी बढ्ने छ, कर्मसिद्धिको समय छ,आम्दानीमा कमी आउने छैन, आजको शुभ अंक ६ रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ, स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम पुनः बन्न थाल्नेछन्,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
संयम र सचेत रहनुपर्छ, सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन, जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ,आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
जीवनसाथी वा प्रेमी/प्रेमिकालाई समय दिनु राम्रो हुन्छ, नत्र दाम्पत्य सम्बन्ध वा प्रेमी/प्रेमिकाका बीचमा चिसोपन बढ्ने सङ्केत छ, बन्दव्यापार सामान्य नै रहने देखिन्छ, आजको शुभ अंक १ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ,काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ, दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ,पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ, शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न,आजको शुभ अंक १० रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक सुख मिल्नेछ, मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ, स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ,चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ, आजको शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन्,महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ, विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अधुरा कामहरू पूर्ण हुन थाल्नेछन्,स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ,आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ, वादविवादमा विजय प्राप्त हुनेछ,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ, साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ, घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सम्मान र साख आर्जन गरिने छ,अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन्, आजको शुभ अंक ७ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *