आइतबारको राशिफल

जय गुरु देव !! जय मा दुर्गा !! जय भोले बाबा !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २८ गते,आइतबार, इश्वी सन् २०१८ अक्टोबर १४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु,नेपाल संवत् ११३८ कौलाथ्व,आश्विन शुक्लपक्ष, तिथि– पञ्चमी, ७:४४ बजेउप्रान्त षष्ठी,नक्षत्र– ज्येष्ठा, १५:२७ बजेउप्रान्त मूल,योग– सौभाग्य, १०:११ बजेउप्रान्त शोभन,करण– वालव, ७:४४ बजेदेखि कौलव, २०:१६ बजेउप्रान्त तैतिल,आनन्दादिमा काण योग,चन्द्रराशि– वृश्चिक, १५:२७ बजेउप्रान्त धनु,सूर्योदय– ६:०३ बजे, सूर्यास्त– १७:३४ बजे र दिनमान २८ घडी ४७ पला। वर्त/पर्व-शारदीय नवरात्र, पचलीभैरव यात्रा।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २९ गते,सोमबार,इश्वी सन् २०१८ अक्टोबर १५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु,
नेपाल संवत् ११३८ कौलाथ्व,आश्विन शुक्लपक्ष,तिथि– षष्ठी, ८:५५ बजेउप्रान्त सप्तमी,नक्षत्र– मूल, १७:२० बजेउप्रान्त पूर्वाषाढा,योग– शोभन, १०:०३ बजेउप्रान्त अतिगण्ड,करण– तैतिल, ८:५५ बजेदेखि गर, २१:४१ बजेउप्रान्त वणिज,आनन्दादिमा लुम्ब योग,चन्द्रराशि– धनु, सूर्योदय– ६:०४ बजे, सूर्यास्त– १७:३३ बजे र दिनमान २८ घडी ४३ पला। वर्त/पर्व-शारदीय नवरात्र,विल्वपत्र निमन्त्रण,सरस्वतीलाई आवाहन गर्ने दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो फाइदा हुने काम सुरु हुन सक्छ,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यावसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रचनात्मक काम सुरु गर्ने मौका छ,आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सवारी साधन प्राप्तिको योग छ, आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ११ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको काम समेत सम्पादन हुनेछ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ, रमाइलो भ्रमण सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,विभिन्न सहयोग र उपहार पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,आजको शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रुहरू किनारा लाग्नेछन्,प्रतिस्पर्धामा पनि विजयी भइनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आजको शुभ अंक १२ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *