आइतबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ ६ गते। आइतबार। इश्वी सन् २०१८ मे २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– पञ्चमी, ६:५८ बजेदेखि षष्ठी, २८:३१ बजेउप्रान्त सप्तमी। नक्षत्र– तिष्य, २६:५८ बजेउप्रान्त अश्लेषा। योग– गण्ड, १३:०३ बजेउप्रान्त वृद्धि। करण– वालव, ६:१८ बजेदेखि कौलव, १७:४४ बजेपछि तैतिल, २८:३१ बजेउप्रान्त गर। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ५:१५ बजे, सूर्यास्त– १८:४७ बजे र दिनमान ३३ घडी ५२ पला। मिथुन राशिमा दृश्य सूर्य २७:२० बजे प्रवेश।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ ७ गते,सोमबार, इश्वी सन् २०१८ मे २१ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ अनलाथ्व,अधिक ज्येष्ठ शुक्लपक्ष,तिथि– सप्तमी, २६:११ बजेउप्रान्त अष्टमी, नक्षत्र– अश्लेषा, २५:२५ बजेउप्रान्त मघा,योग– वृद्धि, १०:०१ बजेउप्रान्त ध्रुव, करण– गर, १५:२० बजेदेखि वणिज, २६:११ बजेउप्रान्त भद्रा,आनन्दादिमा सौम्य योग,चन्द्रराशि– कर्कट, २५:२५ बजेउप्रान्त सिंह, सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १८:४८ बजे र दिनमान ३३ घडी ५५ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, खर्च एवं विवाद बढ्नेछ,स्वास्थ्य गडबढ हुनुको साथै काम व्यवहारमा अवरोध खडा हुन सक्छ ,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,उच्च मनोवल रहनेछ,निर्णय क्षमतामा वृद्धि भएकाले काम गर्दा विविध मार्ग अपनाउन उचित हुनेछ,आजको शुभ अंक ११ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,विश्वास जित्नै अघि बढ्न सकिने छ,धन आर्जन गर्ने अवसर मिल्ने छ ,अधुरा काम पूरा गर्न नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,मानसम्मान मिल्नेछ ,भाग्यले साथ दिनेछ , आयस्तर बढ्ने छ, बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ,आजको शुभ अंक ६ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ,पढाई, लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ, सन्तान पक्षको सन्तोष मिल्ने छ,विद्यार्थीवर्गको प्रगति हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अधुरा काम सम्पादन गर्न सकिनेछ,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,अनावश्यक खर्च होला,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट नयाँ काम गर्ने मौका छ,शत्रुबाधा स्वतः हटेर जाला,धेरैसँग जनसम्पर्क हुनेछ,धार्मिक आस्था बढ्ने छ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,परिस्थिति अनुकूलको बन्न छ ,आजको शुभ अंक १२ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आफन्तहरूको सहयोग, सद्भाव मिल्नेछ, देश–देशान्तरबाट शुभ समाचार प्राप्त होला,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विश्वास गरेका व्यक्तिले धोका दिने छन्, बन्न लागेको कार्य रोकावट आउन सक्छ ,सहमतिका कार्यहरू भङ्ग हुन सक्छन् सञ्चित धनको खर्च हुन सक्छ,आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ ,काम व्यवहारमा सफलता मिल्ने छ, सहोदरका व्यक्तिको सहयोग मिल्ने छ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,सकारात्मक सोचाई रहने छ,अध्यात्मिक शक्ति बढ्ने छ,अरूको विश्वास जित्न सकिने छ ,घरपरिवारमा मेलमिलाप हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *