आइतबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ २७ गते,आइतबार,इश्वी सन् २०१८ जुन १० तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलागा, अधिक ज्येष्ठ कृष्णपक्ष,तिथि– एकादशी, ८:११ बजेउप्रान्त द्वादशी,नक्षत्र– अश्विनी, १९:५० बजेउप्रान्त भरणी, योग– शोभन, १६:३५ बजेउप्रान्त अतिगण्ड, करण– वालव, ८:११ बजेदेखि कौलव, १९:४५ बजेउप्रान्त तैतिल, आनन्दादिमा आनन्द योग, चन्द्रराशि– मेष,सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३४ घडी ३० पला, सर्वार्थसिद्धि योग १९:५० बजेसम्म।वर्त/पर्व- परमा एकादशी व्रत।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ २८ गते,सोमबार,इश्वी सन् २०१८ जुन ११ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ अनलागा,अधिक ज्येष्ठ कृष्णपक्ष, तिथि– द्वादशी, ७:१२ बजेउप्रान्त त्रयोदशी, नक्षत्र– भरणी, १९:२४ बजेउप्रान्त कृत्तिका,योग– अतिगण्ड, १४:४० बजेउप्रान्त सुकर्मा, करण– तैतिल, ७:१२ बजेदेखि गर, १८:३३ बजेउप्रान्त वणिज, आनन्दादिमा चर योग,चन्द्रराशि– मेष, २५:१३ बजेउप्रान्त वृष, सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५८ बजे र दिनमान ३४ घडी ३१ पला।वर्त सोमप्रदोष व्रत।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,अनुकूल समय छ,आयआर्जन बढ्ने छ,माया/प्रेमको वातावरण बन्नेछ,आजको शुभ अंक ६ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चिन्ता र छटपटी बढ्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ,ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् ,आजको शुभ अंक १० रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
कमजोरीमाथि टिप्पणी हुन सक्छ,प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध राम्रो हुनेछ,दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ,मन खिन्न रहनेछ, राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कठिन चुनौती सामना गर्नुपर्ला,दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,आत्म–विश्वासमा कमी आउने छ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, फुर्सदिलाहरूले अलमल्याउन सक्नेछन,धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
विचारले धेरैलाई आकर्षण गर्ने समय छ विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,धार्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला,आजको शुभ अंक १० रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,समयले कोल्टे फेरेको छ,मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
शत्रुहरू बढ्नाले समस्या थपिएलान्, मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ,ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ, स्वास्थ्यमा सुधार आउने छ ,कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ,आजको शुभ अंक ८ रहेको
छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्य भने कमजोर रहला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ ,शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ,आजको शुभ अंक ११ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *