आइतबारको राशिफल

IMG_2500

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ३० गते,आइतबार, इश्वी सन् २०१८ मे १३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३८ बछलागा, ज्येष्ठ कृष्णपक्ष,तिथि– त्रयोदशी, २०:१६ बजेउप्रान्त चतुर्दशी, नक्षत्र– रेवती, १२:०६ बजेउप्रान्त अश्विनी, योग– प्रीति, ९:३० बजेउप्रान्त आयुष्मान्, करण– गर, ८:३६ बजेदेखि वणिज, २०:१६ बजेउप्रान्त भद्रा,आनन्दादिमा प्रवर्द्धमान योग,चन्द्रराशि– मीन, १२:०६ बजेउप्रान्त मेष, सूर्योदय– ५:१८ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३३ घडी ३३ पला। पञ्चक, १२:०६ बजे समाप्ति, १२:०६ बजेदेखि सर्वार्थसिद्धि योग २०:१६ बजेसम्म।वर्त/पर्व- प्रदोष व्रत,काठमाडौंसमान अक्षांशरेखादेशबाट अगस्ति अस्त १६:५३ बजे।मूहुर्त – रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र

भोलिको-पञ्चाङ्ग

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पढाई लेखाइमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,धनार्जन गर्न सकिनेछ भने आर्जित धनको संचय पनि गरिनेछ,नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन ,आजको शुभ अंक ११ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,विशिष्ट नयाँ काम गर्ने मौका छ,निकै सफल देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
राजनीतिक तथा सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ, लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,धार्मिक कार्यमा समय बित्नेछ,नोकरीमा पदोन्नती हुने समय छ,ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,पढाई लेखाईमा प्रगति हुनेछ,फलदायी समय रहनेछ,व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना देखिएता पनि समय निकै फलदायी हुनेछ,दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ,घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ,आजको शुभ अंक १० रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
अंग भंग जस्ता ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,तर्कवितर्क वा विवादको स्थिति आउन बेर लाउँदैन, तर आँफू चुप लागेर बस्नु नै जायज हुनेछ ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विवाद एवं चिन्ता बढ्न सक्छ,बोलीमा आउने खराबी र रिसको मात्रामा बढ़वा आउनाले आफन्त संगको सम्बन्धमा तिक्तता आउन सक्छ,डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लगानी गर्नु पूर्व पूर्ण जानकारी लिएर गर्नु भएमा अझ बढी सफलता हाल लाग्नेछ,साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, काममा क्रमश सुधारको संकेत देखिनेछ,रोकिएका काममा सफलता हात लाग्नेछ,हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ,आजको शुभ अंक १ रहेको
छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
सवारी साधनको प्रयोग गर्दा निकै चनाखो रहनु पर्ने देखिन्छ,धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,राम्रो लगाउने,मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ, आजको शुभ अंक ८ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *