आजको रशिफाल

doctor-of-gods-2409107

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन २४ गते,बिहीबार, इश्वी सन् २०१८ मार्च ८ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३८ चिल्लागा,चैत्र कृष्णपक्ष,तिथि– सप्तमी, २९:३८ बजेउप्रान्त अष्टमी, नक्षत्र– अनुराधा, २६:४३ बजेउप्रान्त ज्येष्ठा,योग– हर्षण, १९:२७ बजेउप्रान्त वज्र, करण– भद्रा, १६:५५ बजेदेखि वव, २९:३८ बजेउप्रान्त वालव,आनन्दादिमा आनन्द योग,चन्द्रराशि– वृश्चिक, सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १८:०८ बजे र दिनमान २९ घडी २० पला। नारी दिवस।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन २५ गते, शुक्रबार, इश्वी सन् २०१८ मार्च ९ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर,उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३८ चिल्लागा,चैत्र कृष्णपक्ष,तिथि– अष्टमी, ३१:२२ बजेउप्रान्त अष्टमी, नक्षत्र– ज्येष्ठा, २८:५६ बजेउप्रान्त मूल,योग– वज्र, १९:३५ बजेउप्रान्त सिद्धि,करण– वालव, १८:२७ बजेदेखि कौलव, ३१:२२ बजेउप्रान्त कौलव आनन्दादिमा चर योग। चन्द्रराशि– वृश्चिक, ४:५६ बजेउप्रान्त धनु, सूर्योदय– ६:२२ बजे, सूर्यास्त– १८:०८ बजे र दिनमान २९ घडी २४ पला। अष्टमी व्रत।वर्त/पर्व- गोरखकाली पूजा,शीतलाष्टमी,बासेरा।

आजको रशिफाल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ, सम्मान र साख पनि प्राप्त हुनेछ ,आजको सुभ अंक ९ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानीका मार्गहरू बढ्ने छन्, यद्यपि खर्च पनि बढ्ने छ, आम्दानीका मार्गहरू खुल्नेछ,आजको सुभ अंक ८ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
मित्र र नातागोताका साथीभाइसँगको सामाजिक सम्बन्ध अझ राम्रो हुनेछ,धार्मिक यात्राको सम्भावना रहेकोछ,आजको सुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आय आर्जनका मार्गमा राम्रै सुधार आउने छ, लामो यात्रा सुखद एवं सफलता सिद्ध हुनेछ ,आजको सुभ अंक ४ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रोजगारीका क्षेत्रमा सफलता आर्जन गर्नुहुनेछ, धन आर्जनको दृष्टिले पनि यो समय राम्रो छ ,आजको सुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दुर्घटनाको सामान्य भय छ र आर्थिक हानिको सम्भावना छ ,आफन्त बाट धोका हुनेछ, आजको सुभ अंक ५ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ ,स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छैन, आजको सुभ अंक १ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारमा विशेष ध्यान दिनु राम्रो हुनेछ,आर्थिक नाश हुने सम्भावना छ ,आजको सुभ अंक ५ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आकस्मिक रूपमा धनहानि हुने , स्वास्थ्य सम्बन्धी समस्याका कारण तनावग्रस्त रहनु पर्नेछ ,आजको सुभ अंक ४ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अप्रिय घटना भोग्ने तथा स्वयं मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ,आजको सुभ अंक ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्नो घमण्डका कारण शत्रु बढ्ने सम्भावना छ , बोलीमा विचार पुर्याउनु होला ,आजको सुभ अंक ३ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक कार्यमा सफलता मिल्नेछ, स्वास्थ्यमा सुधार आउला,मन सम्मान मिल्नेछ,आजको सुभ अंक २ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *