आजको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ३ गते, सोमबार, इश्वी सन् २०१८ अप्रिल १६ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३८ चौलागा, वैशाख कृष्णपक्ष,तिथि– औंसी, ७:३९ बजेउप्रान्त प्रतिपदा, नक्षत्र– अश्विनी, २८:०७ बजेउप्रान्त भरणी, योग– विष्कम्भ, २३:४१ बजेउप्रान्त प्रीति, करण– नाग, ७:३९ बजेदेखि किंस्तुघ्न, १९:१३ बजेउप्रान्त वव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:४१ बजे, सूर्यास्त– १८:२८ बजे र दिनमान ३१ घडी ५९ पला ।वर्त/पर्व-भक्तपुरमा ब्रह्माणी यात्रा,मातातीर्थ औंसी,मातातीर्थमा स्नान,आमाको मुख हेर्ने, मातृसम्मान दिवस,चाँगुनारायण, छिन्नमस्ता, कीलेश्वर तथा पाँगा मूल रथयात्रा,हलो बार्ने औंसी, सोमवारे औंसी।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ४ गते, मंगलबार,इश्वी सन् २०१८ अप्रिल १७ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण,वसन्त ऋतु, नेपाल संवत् ११३८ बछलाथ्व,वैशाख शुक्लपक्ष,तिथि– प्रतिपदा, ६:४० बजेदेखि द्वितीया, २९:१७ बजेउप्रान्त तृतीया,नक्षत्र– भरणी, २७:२९ बजेउप्रान्त कृत्तिका,योग– प्रीति, २१:३५ बजेउप्रान्त आयुष्मान्, करण– वव, ६:४० बजेदेखि वालव, १८:०२ बजेपछि कौलव, २९:१७ बजेउप्रान्त तैतिल, आनन्दादिमा मुसल योग, चन्द्रराशि– मेष,सूर्योदय– ५:४० बजे, सूर्यास्त– १८:२९ बजे र दिनमान ३२ घडी ०३ पला।वर्त/पर्व- ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथारोहण (बुंगद्य रथ तइगु), भक्तपुरमा छुमा गणेशयात्रा,त्रिपुष्कर योग २७:२९ देखि २९:१७ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आवासगृह वा निवास स्थानमा परिवर्तन हुने सङ्केत छ ,उन्नतिको आकाङ्क्षा राखी व्यवसायिक वा पेसागत स्थितिमा सुधार हुनसक्छ,आजको शुभ अंक ६ रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बुवा वा परिवारको बृद्ध पुरुषको स्वास्थ्यस्थिति पनि चिन्ताको विषय बन्नेछ ,चलिआएको बन्दव्यापारमा थप लगानी गर्नु र स्तरोन्नति गर्नु त ठिकै हुनेछ, आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परदेशीहरूले राम्रो आम्दानी गर्नुका साथै दूरगामी भविष्यसम्म काम लाग्ने क्षेत्रमा निवेश गर्ने देखिन्छ ,विद्यार्थी र शैक्षिक क्षेत्रका व्यक्तिहरूले राम्रो नतिजा हात पार्ने छन्,आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कल्पना, भावना, भ्रम र आनन्दका पछि कुद्ने बानी भएकाले दिनभरी सुखद परिणाम प्राप्त गर्न सक्दैनन् ,दाम्पत्य सम्बन्ध अनुकूल हुन सक्दैन,आजको शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफ्नो क्षेत्रमा वर्चस्व स्थापना हुनेछ । ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ, आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गरेको कामबाट लाभ र प्रशंसा दुबै मिल्ने देखिन्छ,रोजगारीका क्षेत्रमा पदोन्नति हुने वा आयमूलक क्षेत्रको काम हातपर्ने सम्भावना छ,आजको शुभ अंक १ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कतिपय वस्तुहरूमा नयाँ अनुभव र ज्ञान प्राप्त गर्ने अवसर पाइने छ, व्यवसायिक यात्राको सम्भावना छ, वित्तीय क्षेत्र र सेयर मार्केटमा गरेको लगानी लाभप्रद बन्नेछ,आजको शुभ अंक ८ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रिस, घमण्ड, अहङ्कार र गर्वका कारण झमेलामा फँस्ने सम्भावना छ, ससाना कुरामा कचिङ्गल मच्चिन सक्छ, सचेत हुनुपर्छ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दाम्पत्य जीवन सुखद रहने सङ्केत देखिंदैन, ससाना कुरामा विवाद र तनाव भइरहने छ ,पार्टनरसिपमा गरिएको कारोबार फलदायी हुँदैन,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत यस अवधिको उपयोग गर्नुपर्छ, धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ,आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ ,व्यापार र नोकरीको सिलसिलामा अधिकतम समय घुमफिरमा बित्नेछ ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गरिएको परिश्रम र मिहिनेतको परिणाम उल्लेखनीय र लाभप्रद रहने छ ,घरपरिवारका सदस्यहरूले काममा सघाउ पुर्याउन सक्दैनन्,आजको शुभ अंक ७ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *