आजको राशिफल

4 murti

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ४ गते, मंगलबार,इश्वी सन् २०१८ अप्रिल १७ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण,वसन्त ऋतु, नेपाल संवत् ११३८ बछलाथ्व,वैशाख शुक्लपक्ष,तिथि– प्रतिपदा, ६:४० बजेदेखि द्वितीया, २९:१७ बजेउप्रान्त तृतीया,नक्षत्र– भरणी, २७:२९ बजेउप्रान्त कृत्तिका,योग– प्रीति, २१:३५ बजेउप्रान्त आयुष्मान्, करण– वव, ६:४० बजेदेखि वालव, १८:०२ बजेपछि कौलव, २९:१७ बजेउप्रान्त तैतिल, आनन्दादिमा मुसल योग, चन्द्रराशि– मेष,सूर्योदय– ५:४० बजे, सूर्यास्त– १८:२९ बजे र दिनमान ३२ घडी ०३ पला।वर्त/पर्व- ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथारोहण (बुंगद्य रथ तइगु), भक्तपुरमा छुमा गणेशयात्रा,त्रिपुष्कर योग २७:२९ देखि २९:१७ बजेसम्म।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ५ गते, बुधबार,इश्वी सन् २०१८ अप्रिल १८ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३८ बछलाथ्व,वैशाख शुक्लपक्ष, तिथि– तृतीया, २७:३३ बजेउप्रान्त चतुर्थी,नक्षत्र– कृत्तिका, २६:३० बजेउप्रान्त रोहिणी, योग– आयुष्मान्, १९:१० बजेउप्रान्त सौभाग्य,करण– तैतिल, १६:२८ बजेदेखि गर, २७:३३ बजेउप्रान्त वणिज,आनन्दादिमा सिद्धि योग,चन्द्रराशि– मेष, ९:१६ बजेउप्रान्त वृष, सूर्योदय– ५:३९ बजे, सूर्यास्त– १८:३० बजे र दिनमान ३२ घडी ०७ पला।वर्त/पर्व- परशुराम जयन्ती। अक्षय तृतीया। भक्तपुरमा भैरवभद्रकाली रथयात्रा। धर्मघटादि दान गर्ने दिवस। त्रेतायुगादि। लुभुमा महालक्ष्मी–भैरव यात्रा।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
सवारी साधनको प्रयोग होसियारीसाथ गर्नुपर्ने बेला छ, पढाइलेखाइमा सामान्य प्रगति र नोकरीमा केही चुनौतीको योग छ,आजको शुभ अंक १ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पढाइलेखाइमा प्रगति हुनेछ निजी व्यवसायमा लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ,चौपायाबाट पनि सोचेको फाइदा नहुन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ,मानसम्मान पाइनेछ,लगानीको प्रतिफल व्यापार व्यवसायमा लाभ मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तानबाट सुख मिल्ने योग छ,रोकिएका काम सुरु हुनेछन् आर्थिक उपार्जनमा सुधार आउनेछ,घरमा मंगलमय कार्य सम्पादन हुनेछन्,आजको शुभ अंक ३ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक असमझदारी,आत्मीय जनसँग बिछोड र खिन्नता निम्त्याउने देखिन्छ,एक्लोपनाको अनुभूति हुनेछ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
स्थायी सम्पत्ति बिक्री हुन सक्छ, काममा बाधा,अस्वस्थता,मिथ्या आरोप र अरूबाट अन्याय सहन गर्नुपर्ने अवस्था आउनेछ, आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सामाजिक प्रतिष्ठा बढ्नेछ,दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ र सन्तानबाट प्रसन्नता मिल्नेछ,प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ, आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्,तनाव बढाउने देखिन्छ,कर्मवृत्तिका सामान्यतया अनुकूल रहनेछन्, आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
शिक्षा र साझेदारीमा फाइदा हुनेछ,चिन्ता,आलस्य र अस्थिरताका कारक देखिन्छन्,आफ्नै कमजोरीले फाइदा गुम्न सक्छ, आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ,पढाइलेखाइ अपूर्ण देखिन्छ,अनावश्यक खर्च,कर्जा र चोटपटकका कारक देखिन्छन्,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ, भूमि,घर अथवा वाहन प्राप्तिको योग छ,विद्यार्थीहरूका लागि विशेष उपलब्धि हुनेछ, आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन्,कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ,खर्च गर्नुपरे पनि वैदेशिक यात्राबाट लाभ मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *