आजको राशिफल

su2

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ५ गते, बुधबार,इश्वी सन् २०१८ अप्रिल १८ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३८ बछलाथ्व,वैशाख शुक्लपक्ष, तिथि– तृतीया, २७:३३ बजेउप्रान्त चतुर्थी,नक्षत्र– कृत्तिका, २६:३० बजेउप्रान्त रोहिणी, योग– आयुष्मान्, १९:१० बजेउप्रान्त सौभाग्य,करण– तैतिल, १६:२८ बजेदेखि गर, २७:३३ बजेउप्रान्त वणिज,आनन्दादिमा सिद्धि योग,चन्द्रराशि– मेष, ९:१६ बजेउप्रान्त वृष, सूर्योदय– ५:३९ बजे, सूर्यास्त– १८:३० बजे र दिनमान ३२ घडी ०७ पला।वर्त/पर्व- परशुराम जयन्ती। अक्षय तृतीया। भक्तपुरमा भैरवभद्रकाली रथयात्रा। धर्मघटादि दान गर्ने दिवस। त्रेतायुगादि। लुभुमा महालक्ष्मी–भैरव यात्रा।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ६ गते,बिहीबार,इश्वी सन् २०१८ अप्रिल १९ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३८ बछलाथ्व, वैशाख शुक्लपक्ष, तिथि– चतुर्थी, २५:३१ बजेउप्रान्त पञ्चमी, नक्षत्र– रोहिणी, २५:१४ बजेउप्रान्त मृगशिरा,योग– सौभाग्य, १६:३१ बजेउप्रान्त शोभन,करण– वणिज, १४:३४ बजेदेखि भद्रा, २५:३१ बजेउप्रान्त वव,आनन्दादिमा उत्पात योग, चन्द्रराशि– वृष,सूर्योदय– ५:३८ बजे, सूर्यास्त– १८:३० बजे र दिनमान ३२ घडी ११ पला।वर्त/पर्व- ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ, सायन सूर्य वृषमा २६:३० बजे प्रवेश।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रोकियका कामहरु बन्ने छन्,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ५ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सानातिना कामको झमेला आउनसक्छ ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक ४ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक समस्या पर्ने छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ४ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक जीवनमा मतभेत रहनेछ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ७ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,शुभ कुराको संकेत मिल्नेछ, आजको शुभ अंक ३ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको शुभ अंक ९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *