आजको राशिफल

su2

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ वैशाख १२ गते बुधबार तदनुसार ई. सं. २०१८ अप्रिल २५ तारिख,वैशाख शुक्लपक्षको दशमी तिथि, दिउँसो ११:४१ बजेसम्म, त्यसपछि एकादशी तिथि,मघा नक्षत्र, दिउँसो ०४:०० बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र,चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त),बृद्धि योग, साँझ ०७:४५ बजेसम्म, त्यसपछि ध्रुव योग,सुरुमा गर करण दिउँसो ११:४२ बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:४४ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण,सूर्योदय : बिहान ०५:३२ बजे र सूर्यास्त : साँझ ०६:३४ बजे र र दिनमान ३२ घडी ३३ पला ।
भोलिको-पञ्चाङ्ग

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ, साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ,व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ,आजको शुभ अंक ६ रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ,दबाब र तनाव बढेको महसुस हुनेछ, जिद्दीपनाले गर्दा काम बिग्रने डर छ,आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रोकिएका काम पुनः सुरु हुन सक्छन् ,कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला, नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ, आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा बसाइ सर्ने, सरुवा हुने,स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ ,नयाँ काममा हात हाल्ने समय छ,आजको शुभ अंक १ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पुराना र रोकिएका काम पूरा गर्न धेरै समय लाग्नसक्छ,परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ,अध्ययन–अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ, शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ, आत्मबल बढ्ने छ ,शत्रुहरू पराजित हुनेछन्,समाजसेवाका कामबाट लाभ हुनेछ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ९ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन्,कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ,धार्मिक क्षेत्र बाट मानसम्मान मिल्नेछ, आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विगतको श्रमबाट राम्रै लाभ हुनेछ, सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ, गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ,एउटै कामबाट दोहोरो लाभ मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यात्रा घातक बन्न सक्छ,सचेत रहनु लामो यात्रामा जानु हुँदैन,सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ,स्वास्थ्यप्रति समेत सचेत रहनु होला,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ, कतै रमाइलो यात्रामा निस्कन विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ,आजको शुभ अंक १२ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ,आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्,स्वास्थ्य सबल रहने छ,आजको शुभ अंक ५ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *