आजको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख १४ गते, शुक्रबार, इश्वी सन् २०१८ अप्रिल २७ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३८ बछलाथ्व, वैशाख शुक्लपक्ष, तिथि– द्वादशी, ८:१२ बजेउप्रान्त त्रयोदशी, नक्षत्र– उत्तरफाल्गुनी, १४:१२ बजेउप्रान्त हस्त, योग– व्याघात, १५:०२ बजेउप्रान्त हर्षण, करण– वालव, ८:१२ बजेदेखि कौलव, १९:३५ बजेउप्रान्त तैतिल, आनन्दादिमा शुभ योग, चन्द्रराशि– कन्या,सूर्योदय– ५:३० बजे, सूर्यास्त– १८:३४ बजे र दिनमान ३२ घडी ४० पला। वर्त/पर्व-प्रदोष व्रत,कोका–कौशिकी संगममा मत्स्यदर्शन गर्ने सांस्कृतिक दिवस।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख १५ गते,शनिबार, इश्वी सन् २०१८ अप्रिल २८ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३८ बछलाथ्व,वैशाख शुक्लपक्ष, तिथि– त्रयोदशी, ७:०३ बजेउप्रान्त चतुर्दशी, नक्षत्र– हस्त, १३:५३ बजेउप्रान्त चित्रा, योग– हर्षण, १३:०८ बजेउप्रान्त वज्र, करण– तैतिल, ७:०३ बजेदेखि गर, १८:३९ बजेउप्रान्त वणिज,आनन्दादिमा मृत्यु योग,चन्द्रराशि– कन्या, २५:५४ बजेउप्रान्त तुला, सूर्योदय– ५:२९ बजे, सूर्यास्त– १८:३५ बजे र दिनमान ३२ घडी ४४ पला।वर्त/पर्व- नृसिंह जयन्ती।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
रमाइलो भ्रमण सम्भावना छ,ईर्ष्या गर्नेहरूलाई पनि पौरख गरेर देखाउने समय छ, बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ,मनमा अशान्ति र छटपटी व्याप्त हुने छ , आजको शुभ अंक- १२ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,विभिन्न सहयोग र उपहार पाइनेछ,मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ,आजको शुभ अंक – ६ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आँटले काम लिन नसक्दा पछि परिनेछ,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ,आजको शुभ अंक- ५ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चोटपटक लाग्ने,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइला,ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ,आजको शुभ अंक – ४ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी प्रशस्तै बढ्नेछ,विभिन्न भौतिक साधन जुट्नेछन्, चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ,आजको शुभ अंक – १० रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ,आजको शुभ अंक- ११ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मीयजनसँग भेटघाट होला,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,कृषि तथा पशुबाट लाभ हुने समय छ,धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ,आजको शुभ अंक -५ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,झमेलामा परिने र छिमेकमा सम्बन्ध बिग्रने सम्भावना छ,नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ,आजको शुभ अंक-६ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वसायिक यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन्,आजको शुभ अंक- १ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
पराक्रम र उत्साह बढ्नेछ, उद्योग र व्यापारमा विशेष फाइदाको योग छ,प्रतिस्पर्धी परास्त होलान्,सिद्धिको समय छ,कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ ,आजको शुभ अंक -७ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
काममा राम्रै फाइदा हुनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,शंकाले सताउनेछ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन,आजको शुभ अंक- ९ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,हठ गर्ने बानीले दुःख पाइएला,विगतमा गरिएका कार्यले झन्झट सिर्जना गर्न सक्छ,दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ,आजको शुभ अंक- ८ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *