आजको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख २५ गते,मंगलबार, इश्वी सन् २०१८ मे ८ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३८ बछलागा, ज्येष्ठ कृष्णपक्ष, तिथि– अष्टमी, १७:५३ बजेउप्रान्त नवमी,नक्षत्र– श्रवण, ५:२९ बजेउप्रान्त धनिष्ठा, योग– शुक्ल, ११:५८ बजेउप्रान्त ब्रह्म, करण– कौलव, १७:५३ बजेदेखि तैतिल, ३०:३९ बजेउप्रान्त तैतिल,आनन्दादिमा लुम्ब योग,चन्द्रराशि– मकर, १८:३८ बजेउप्रान्त कुम्भ, सूर्योदय– ५:२२ बजे, सूर्यास्त– १८:४१ बजे र दिनमान ३३ घडी १८ पला। पञ्चक १८:३८ बजे प्रारम्भ।वर्त/पर्व- गोरखकाली पूजा, विश्व रेडक्रस दिवस।
भोलिको मूहुर्त – रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि)

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख २६ गते,बुधबार, इश्वी सन् २०१८ मे ९ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३८ बछलागा, ज्येष्ठ कृष्णपक्ष,तिथि– नवमी, १९:१९ बजेउप्रान्त दशमी, नक्षत्र– धनिष्ठा, ७:४१ बजेउप्रान्त शतभिषा,योग– ब्रह्म, १२:११ बजेउप्रान्त ऐन्द्र, करण– तैतिल, ६:३९ बजेदेखि गर, १९:१९ बजेउप्रान्त वणिज, आनन्दादिमा मित्र योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:२१ बजे, सूर्यास्त– १८:४१ बजे र दिनमान ३३ घडी २१ पला। पञ्चक। कानुन दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काममा समेत जाँगर चल्ने छैन, तर आफैं अघि नसरी सोचेको काममा सफलता मिल्दैन, त्यसैले आलस्य त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ,आजको शुभ अंक १० रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनेछ,दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धप्रति कुनै आकर्षण हुँदैैन,आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ,दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन्,परोपकारी काममा आकर्षण बढ्ने छ ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परिवारका सदस्यले समय दिन सक्दैनन् ,गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ, बेलुका चन्द्रमाले आठौं भावमा प्रवेश गरेपछि समयमा अझ आफ्नो पकड रहने छैन ,आजको शुभ अंक १ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक सम्बन्धमा देखिएको निराशाको समाप्ति हुनेछ, प्रणयसम्बन्धका लागि अनुकूलता मिल्नेछ, यद्यपि मन कल्पना र भावनामा रुमल्लिने छ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ,घरपरिवारमा खुसीको वातावरण आउने छ, बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् ,आजको शुभ अंक ३ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन्, कामको चाप र दायित्व बढ्नेछ,अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ,नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ, रोकिएका कामहरू बन्न सक्छन्,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ, मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ, जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दैनिक कामकाजमा बाधा आउने छ,दिनभरि पारिवारिक वातावरण आफ्नै पक्षमा रहने छ, तर साँझपख चन्द्रमा अझ खर्चबृद्धि गराउने घरमा पुग्नेछ,आजको शुभ अंक ७ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *