आजको राशिफल

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल पुस २२ गते,शनिबार,इश्वी सन् २०१८ जनवरी ६ तारिख, शकसंवत् १९३९, साधारण संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३८ पोहेलागा, माघ कृष्णपक्ष,तिथि– पञ्चमी, २२:५१ बजेउप्रान्त षष्ठी,नक्षत्र– मघा, ७:५१ बजेउप्रान्त पूर्वफाल्गुनी, योग– आयुष्मान्, १६:२९ बजेउप्रान्त सौभाग्य, करण– कौलव, ११:३३ बजेदेखि तैतिल, २२:५१ बजेउप्रान्त गर,आनन्दादिमा पद्म योग,चन्द्रराशि– सिंह, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२२ बजे र दिनमान २६ घडी ०१ पला।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल पुस २३ गते,आइतबार,इश्वी सन् २०१८ जनवरी ७ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३८ पोहेलागा,माघ कृष्णपक्ष,तिथि– षष्ठी, २१:४३ बजेउप्रान्त सप्तमी,नक्षत्र– पूर्वफाल्गुनी, ७:०६ बजेदेखि उत्तरफाल्गुनी, ३०:४५ बजेउप्रान्त हस्त,योग– सौभाग्य, १४:१५ बजेउप्रान्त शोभन,करण– गर, १०:१४ बजेदेखि वणिज, २१:४३ बजेउप्रान्त भद्रा,आनन्दादिमा छत्र योग,चन्द्रराशि– सिंह, १२:५८ बजेउप्रान्त कन्या,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२३ बजे र दिनमान २६ घडी ०३ पला। वर्त/पर्व-अरनिको स्मृति दिवस,सर्वार्थसिद्धि योग ७:०६ देखि २१:४३ बजेसम्म, २१:४३ बजेदेखि त्रिपुष्कर योग।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,शिक्षामा सफलता मिल्ने योग छ,यदि तपाईले सरकारी क्षेत्रमा केहि कुराको कोशिस गर्दै हुनुहुन्छ भने राम्रो हुने खालको योग छ,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,यो साता कालो रङको कुनै पनि कपडा प्रयोग नगर्नाले कुनै नकारात्मक चिजहरु हुँदैन,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,कुनै नयाँ कार्य गर्दै हुनुहुन्छ भने आमा पिता अथवा माताको नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,बिदेश जान सकिने सम्भावना राम्रो देखिन्छ,खानपिनमा ध्यान दिनुहोला,यात्रा गर्दा दक्षिण नगर्दानै राम्रो,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक ७ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारमा पितासँगको सम्बन्ध खासै राम्रो देखिदैन,उत्तर तर्फको दिशा तर्फ फर्केर जल चढाउँनाले सम्बन्ध राम्रो हुने देखिन्छ,बिदेश जान चाहानेहरुको लागि यो साता राम्रो देखिन्छ,आजको शुभ अंक १२ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ,धनसम्पति लगानी नगर्नुहोला,कसैलाई धन दिनुपर्ने छ भने दुर्गा माता सम्झेर दिनु होला,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,खेलकुद त्यसैगरी राजनितिमा हुनुभएका हरुको लागि राम्रो देखिन्छ,बिदेशसँग सम्बन्धित कार्य राम्रो हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
धनसम्पति, ज्ञान आर्जन हुने देखिन्छ,यो साता पार्टनरसिप सँगको कार्यमा त्यति राम्रो देखिदैन,सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ भने बालबालिका सन्तानमा सानो समस्या आउनसक्छ त्यसैले राम्रो केयर गर्नुहोला,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,टाउको दुख्ने सम्भावना आउनसक्छ त्यसैले सुर्यलाई जल चढाउनु,बैबाहिक सम्बन्धमा खासै राम्रो देखिदैन,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राजनितिमा लाग्नुभएकाहरुको लागि राम्रो योग छ,आगलागि हुने सम्भावना देखिन्छ त्यसैले आगोबाट बच्नुहोला,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,लगानी सही ठाउँमा हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
विरोधीहरु बढ्ने छन्,चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ,नयाँ सवारीसाधन किन्दै हुनुहुन्छ भने नकिन्दानै राम्रो हुनेछ, दाजुभाई सँगको सम्बन्ध त्यति राम्रो देखिदैन,आजको शुभ अंक ५ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *