आजको राशिफल

received_1626785497623222

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल पुस २६ गते,बुधबार, इश्वी सन् २०१८ जनवरी १० तारिख, शकसंवत् १९३९, साधारण संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३८ पोहेलागा,माघ कृष्णपक्ष,तिथि– नवमी, २१:०९ बजेउप्रान्त दशमी, नक्षत्र– चित्रा, ७:२७ बजेउप्रान्त स्वाती, योग– सुकर्मा, ९:३९ बजेउप्रान्त धृति,करण– तैतिल, ८:५५ बजेदेखि गर, २१:०९ बजेउप्रान्त वणिज, आनन्दादिमा काल योग। चन्द्रराशि– तुला, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२५ बजे र दिनमान २६ घडी ०८ पला।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल पुस २७ गते,बिहीबार, इश्वी सन् २०१८ जनवरी ११ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३८ पोहेलागा, माघ कृष्णपक्ष,तिथि– दशमी, २१:५९ बजेउप्रान्त एकादशी, नक्षत्र– स्वाती, ८:३३ बजेउप्रान्त विशाखा, योग– धृति, ८:५४ बजेउप्रान्त शूल,करण– वणिज, ९:३० बजेदेखि भद्रा, २१:५९ बजेउप्रान्त वव, आनन्दादिमा स्थिर योग, चन्द्रराशि– तुला, २७:४१ बजेउप्रान्त वृश्चिक, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२६ बजे र दिनमान २६ घडी १० पला। वर्त/पर्व-राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाह स्मृति दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्य गडबढ हुनुको साथै काम व्यवहारमा अवरोध खडा हुन सक्छ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आफन्तहरूको सहयोग,आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
निर्णय क्षमतामा वृद्धि भएकाले काम गर्दा विविध मार्ग अपनाउन उचित हुनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ, सकारात्मक सोचाई रहने छ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
काम व्यवहारमा सफलता मिल्ने छ, सहोदरका व्यक्तिको सहयोग मिल्ने छ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्, बन्न लागेको कार्य रोकावट आउन सक्छ ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ, कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ, आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अनावश्यक खर्च होला,परिस्थिति अनुकूलको बन्न छ,अधुरा काम सम्पादन गर्न सकिनेछ,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अरूको विश्वास जित्न सकिने छ ,घरपरिवारमा मेलमिलाप हुनेछ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,उच्च मनोवल रहनेछ,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सहमतिका कार्यहरू भङ्ग हुन सक्छन्, सञ्चित धनको खर्च हुन सक्छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रुबाधा स्वतः हटेर जाला,धेरैसँग जनसम्पर्क हुनेछ,धार्मिक आस्था बढ्ने छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्, विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सन्तान पक्षको सन्तोष मिल्ने छ,विद्यार्थीवर्गको प्रगति हुनेछ, दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,मानसम्मान मिल्नेछ ,भाग्यले साथ दिनेछ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आयस्तर बढ्ने छ,बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धन आर्जन गर्ने अवसर मिल्ने छ ,अधुरा काम पूरा गर्न नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ,आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सद्भाव मिल्नेछ,देश–देशान्तरबाट शुभ समाचार प्राप्त होला, चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, खर्च एवं विवाद बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *