आजको राशिफल

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल पुस २८ गते, शुक्रबार, इश्वी सन् २०१८ जनवरी १२ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३८ पोहेलागा, माघ कृष्णपक्ष, तिथि– एकादशी, २३:१८ बजेउप्रान्त द्वादशी,नक्षत्र– विशाखा, १०:०७ बजेउप्रान्त अनुराधा, योग– शूल, ८:३२ बजेउप्रान्त गण्ड, करण– वव, १०:३५ बजेदेखि वालव, २३:१८ बजेउप्रान्त कौलव, आनन्दादिमा मातंग योग,चन्द्रराशि– वृश्चिक, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२७ बजे र दिनमान २६ घडी १२ पला।वर्त/पर्व-षट्तिला एकादशी व्रत।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल पुस २९ गते,शनिबार, इश्वी सन् २०१८ जनवरी १३ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३८ पोहेलागा, माघ कृष्णपक्ष,तिथि– द्वादशी, २५:०२ बजेउप्रान्त त्रयोदशी, नक्षत्र– अनुराधा, १२:०७ बजेउप्रान्त ज्येष्ठा,योग– गण्ड, ८:३० बजेउप्रान्त वृद्धि, करण– कौलव, १२:०७ बजेदेखि तैतिल, २५:०२ बजेउप्रान्त गर,आनन्दादिमा अमृत योग, चन्द्रराशि– वृश्चिक, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२७ बजे र दिनमान २६ घडी १४ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,आजको सुभ अंक ५ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मेलमिलापको भावना राम्रो हुनेछ, समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,आजको सुभ अंक ७ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,रोजगारीको लागि आजको दिन राम्रो छ,आजको सुभ अंक ५ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,आजको सुभ अंक ८ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको सुभ अंक २ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धमिलोपन आउने छ,आजको समय सामान्य छ , माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको सुभ अंक ८ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको सुभ अंक १० रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक जीवन सामान्य रहने छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ,आजको सुभ अंक ४ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको सुभ अंक ३ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना कामको झमेला आउनसक्छ ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आजको सुभ अंक १ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
टाढाको यात्रा सम्भावना छ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,बन्धुवान्धव र छरछिमेकमा भने केही विवाद होला,आजको सुभ अंक ४ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको सुभ अंक ९ रहेको छ ।

ज्योतिष तथा वास्तु सेवाको लागि- ९८५५०५०९३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *