आजको राशिफल

gayatri3

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ ४ गते,बिहीबार,इश्वी सन् २०१८ जनवरी १८ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– प्रतिपदा, ९:१९ बजेउप्रान्त द्वितीया, नक्षत्र– श्रवण, २४:२३ बजेउप्रान्त धनिष्ठा,योग– वज्र, १०:३४ बजेउप्रान्त सिद्धि, करण– वव, ९:१९ बजेदेखि वालव, २२:११ बजेउप्रान्त कौलव,आनन्दादिमा ध्वज योग, चन्द्रराशि– मकर,सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३१ बजे र दिनमान २६ घडी २५ पला।वर्त/पर्व- सोनामल्होसार,श्रीबल्लभ जयन्ती।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ ५ गते,शुक्रबार,इश्वी सन् २०१८ जनवरी १९ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– द्वितीया, १०:५६ बजेउप्रान्त तृतीया,नक्षत्र– धनिष्ठा, २६:१४ बजेउप्रान्त शतभिषा,योग– सिद्धि, १०:३९ बजेउप्रान्त व्यतीपात,करण– कौलव, १०:५६ बजेदेखि तैतिल, २३:३५ बजेउप्रान्त गर, आनन्दादिमा धाता योग, चन्द्रराशि– मकर, १३:२२ बजेउप्रान्त कुम्भ, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३२ बजे र दिनमान २६ घडी २८ पला। धनिष्ठा पञ्चक १३:२२ बजे प्रारम्भ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,आम्दानी प्रशस्तै बढ्नेछ,विभिन्न भौतिक साधन जुट्नेछन्,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गुरुजनको साथ पाइनुका साथै बौद्धिक कार्यमा सफलता मिल्नेछ, निराश नहुनुहोस्,आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
आतिथ्यपूर्ण सम्मान पाइएला,आत्मीयजनसँग भेटघाट होला,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,आजको शुभ अंक ८ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ सवारी साधन प्राप्तिको योग छ, काममा उत्साह थपिनेछ,चुनौतीहरू सजिलै पार लाग्नेछन्,आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ,आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साथ दिने सहयोगी भेटिनेछन्,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ, आजको शुभ अंक ११ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,रमाइलो भ्रमण सम्भावना छ,पौरख गरेर देखाउने समय छ,नयाँ आशा पलाउनेछ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ, आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
चोटपटक लाग्ने,आतिथ्यपूर्ण सम्मान पाइएला,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,धार्मिक गतिविधिबाट वञ्चित हुनुपर्ला, आजको शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
पढाइलेखाइमा प्रगति होला,घरेलु समस्यामा अल्झनुपर्नेछ,स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आम्दानी प्रशस्तै बढ्नेछ,काम गरेरै प्रशंसा,पुरस्कार,ख्याति आदि पाइनेछ, काम सम्पादन गर्न सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ, गुरुजनको साथ पाइनुका साथै बौद्धिक कार्यमा सफलता मिल्नेछ, व्यापारमा विशेष लाभ लिने समय छ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,विभिन्न भौतिक साधन जुट्नेछन्,आजको शुभ अंक ३ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *