आजको राशिफल

su6

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ ७ गते,आइतबार, इश्वी सन् २०१८ जनवरी २१ तारिख, शकसंवत् १९३९, साधारण संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लाथ्व, माघ शुक्लपक्ष। तिथि– चतुर्थी, १२:४७ बजेउप्रान्त पञ्चमी,नक्षत्र– पूर्वभाद्रपदा, २८:३२ बजेउप्रान्त उत्तरभाद्रपदा,योग– वरियान्, ९:४६ बजेउप्रान्त परिघ,करण– भद्रा, १२:४७ बजेदेखि वव, २४:५६ बजेउप्रान्त वालव, आनन्दादिमा चर योग,चन्द्रराशि– कुम्भ, २२:२१ बजेउप्रान्त मीन, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३४ बजे र दिनमान २६ घडी ३३ पला। पञ्चक। २८:३२ बजेदेखि सर्वार्थसिद्धि योग।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ ८ गते,सोमबार,इश्वी सन् २०१८ जनवरी २२ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लाथ्व,माघ शुक्लपक्ष, तिथि– पञ्चमी, १२:५७ बजेउप्रान्त षष्ठी, नक्षत्र– उत्तरभाद्रपदा, २८:५६ बजेउप्रान्त रेवती, योग– परिघ, ८:४५ बजेउप्रान्त शिव, करण– वालव, १२:५७ बजेदेखि कौलव, २४:५० बजेउप्रान्त तैतिल, आनन्दादिमा गद योग,चन्द्रराशि– मीन, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३५ बजे र दिनमान २६ घडी ३५ पला। पञ्चक। वर्त/पर्व-वसन्त पञ्चमी (श्रीपञ्चमी), वसन्त श्रवण, सरस्वती पूजा, रति–काम पूजा,हलसाराे गर्ने दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यास्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,वसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ, आजको शुभ अंक ७ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ, रमाइलो भ्रमण सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,पारमा विशेष लाभ लिने समय छ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
प्रतिस्पर्धामा पनि विजयी भइनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ, सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,आजको शुभ अंक ३ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आजको शुभ अंक ९ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ, आजको शुभ अंक ११ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, यात्राको प्रक्रिया अघि बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, विभिन्न सहयोग र उपहार पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ, आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,आतिथ्यपूर्ण सम्मान पाइएला,टाढिएका साथीभाइ नजिकिनेछन्,आजको शुभ अंक १ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *