आजको राशिफल

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ ८ गते,सोमबार,इश्वी सन् २०१८ जनवरी २२ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लाथ्व,माघ शुक्लपक्ष, तिथि– पञ्चमी, १२:५७ बजेउप्रान्त षष्ठी, नक्षत्र– उत्तरभाद्रपदा, २८:५६ बजेउप्रान्त रेवती, योग– परिघ, ८:४५ बजेउप्रान्त शिव, करण– वालव, १२:५७ बजेदेखि कौलव, २४:५० बजेउप्रान्त तैतिल, आनन्दादिमा गद योग,चन्द्रराशि– मीन, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३५ बजे र दिनमान २६ घडी ३५ पला। पञ्चक। वर्त/पर्व-वसन्त पञ्चमी (श्रीपञ्चमी), वसन्त श्रवण, सरस्वती पूजा, रति–काम पूजा,हलसाराे गर्ने दिवस।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ ९ गते, मंगलबार,इश्वी सन् २०१८ जनवरी २३ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लाथ्व, माघ शुक्लपक्ष, तिथि– षष्ठी, १२:३५ बजेउप्रान्त सप्तमी, नक्षत्र– रेवती, २८:५२ बजेउप्रान्त अश्विनी,योग– शिव, ७:२० बजेदेखि सिद्ध, २९:३२ बजेउप्रान्त साध्य, करण– तैतिल, १२:३५ बजेदेखि गर, २४:१४ बजेउप्रान्त वणिज,आनन्दादिमा शुभ योग,चन्द्रराशि– मीन, २८:५२ बजेउप्रान्त मेष, सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २६ घडी ३८ पला। पञ्चक ७:५२ समाप्ति। स्कन्द षष्ठी। २८:५२ बजेदेखि सर्वार्थसिद्धि योग।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आत्म–विश्वास बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कर्मको उचित प्रतिफल पाइनेछ, रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
अरूको भर पर्दा धोका हुन सक्छ,भौतिक साधन जोड्ने समय छ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,आजको शुभ अंक २ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काममा लगानी बढाउने समय छ,रुचिका विषयमा लगानी बढाउने समय छ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
काम र जिम्मेवारी हात पार्ने मौका छ,अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ,आजको शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
भविष्यका लागि विभिन्न सहयोग र उपहार पाइनेछ,आयआर्जन पनि राम्रै हुनेछ,आजको शुभ अंक ४ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,विशेष काममा जग बसाउने मौका छ,आजको शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काम पूरा नहुनाले खिन्नता बढ्ला,लगानी,नयाँ सवारी साधन प्राप्तिको योग छ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा–मामिलामा विजयी भइनेछ, विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *