आजको राशिफल

su11

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २० गते, शनिबार, इश्वी सन् २०१८ फेब्रुवरी ३ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लागा, फाल्गुण कृष्णपक्ष,तिथि– तृतीया, १४:१० बजेउप्रान्त चतुर्थी, नक्षत्र– पूर्वफाल्गुनी, १५:०१ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– अतिगण्ड, २०:०७ बजेउप्रान्त सुकर्मा,करण– भद्रा, १४:१० बजेदेखि वव, २५:३४ बजेउप्रान्त वालव, आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– सिंह, २०:५३ बजेउप्रान्त कन्या, सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान २७ घडी १३ पला।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २१ गते,आइतबार, इश्वी सन् २०१८ फेब्रुवरी ४ तारिख, शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण, शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लागा, फाल्गुण कृष्णपक्ष, तिथि– चतुर्थी, १३:०४ बजेउप्रान्त पञ्चमी, नक्षत्र– उत्तरफाल्गुनी, १४:३५ बजेउप्रान्त हस्त,योग– सुकर्मा, १८:०६ बजेउप्रान्त धृति,करण– वालव, १३:०४ बजेदेखि कौलव, २४:४१ बजेउप्रान्त तैतिल, आनन्दादिमा मित्र योग, चन्द्रराशि– कन्या, सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान २७ घडी १६ पला। सर्वार्थसिद्धि योग (अहोरात्र)।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सचेत रहनुहोला,परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
श्रम गरीकन कम मूल्य प्राप्त हुने समय छ, कमजोरीले चिन्ता बढाउन सक्छ,आजको शुभ अंक ९ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,गोप्य रहस्य पत्ता लाग्नेछन्,आजको शुभ अंक ६ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,तर यथार्थमा लाभ भने कमै मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ ,कमजोरीलाई सुधार गर्नु होला,आजको शुभ अंक २ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,बुद्धि र श्रम खर्चनुपर्ला,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ, आश्वासन दिनेहरूले झुक्याउन सक्छन्,आजको शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मुद्दा–मामिलामा विजयी भइनेछ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,आजको शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ,प्रशस्त धन आर्जन गर्ने मौका छ,आजको शुभ अंक १ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *