आजको राशिफल

su6

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २१ गते,आइतबार, इश्वी सन् २०१८ फेब्रुवरी ४ तारिख, शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण, शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लागा, फाल्गुण कृष्णपक्ष, तिथि– चतुर्थी, १३:०४ बजेउप्रान्त पञ्चमी, नक्षत्र– उत्तरफाल्गुनी, १४:३५ बजेउप्रान्त हस्त,योग– सुकर्मा, १८:०६ बजेउप्रान्त धृति,करण– वालव, १३:०४ बजेदेखि कौलव, २४:४१ बजेउप्रान्त तैतिल, आनन्दादिमा मित्र योग, चन्द्रराशि– कन्या, सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान २७ घडी १६ पला। सर्वार्थसिद्धि योग (अहोरात्र)।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २२ गते,सोमबार,इश्वी सन् २०१८ फेब्रुवरी ५ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण, शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– पञ्चमी, १२:२५ बजेउप्रान्त षष्ठी,नक्षत्र– हस्त, १४:३५ बजेउप्रान्त चित्रा,योग– धृति, १६:२६ बजेउप्रान्त शूल, करण– तैतिल, १२:२५ बजेदेखि गर, २४:१६ बजेउप्रान्त वणिज, आनन्दादिमा वज्र योग, चन्द्रराशि– कन्या, २६:४५ बजेउप्रान्त तुला, सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:४६ बजे र दिनमान २७ घडी १९ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनलाभ हुनेछ,प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ, आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सहयोग पाइने छ, सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जिम्मेवारी पनि थपिएला,व्यावसायिक काममा निकैै उन्नति हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यात्रा सकट आउनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,आजको शुभ अंक ११ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अरूको सुझावप्रति शंका उब्जने समय छ,सानै प्रयासले पनि ठूलो काम बन्ला, आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,मनमा प्रशन्नता बडनेछ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
काम गर्ने मौका आउला,धर्ममा रुचिहुनेछ, मानसमान पाउने योग छ ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ, आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आँखा, नाक,कान, घाँटीमा रोग–चोटपटक लाग्ने सम्भावाना छ, आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,आजको शुभ अंक १ रहेको छ ल

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ,आजको शुभ अंक ८ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *