आजको राशिफल

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
मंगलबार व्रतविधि
मङ्गलबार व्रतविधि
सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको व्रत एकदमै उत्तम मानिन्छ। यो व्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । यो व्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ। सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ । यस व्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नु पर्दछ ।

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २४ गते,बुधबार,इश्वी सन् २०१८ फेब्रुवरी ७ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– सप्तमी, १२:३६ बजेउप्रान्त अष्टमी,नक्षत्र– स्वाती, १६:०२ बजेउप्रान्त विशाखा,योग– गण्ड, १४:१८ बजेउप्रान्त वृद्धि, करण– वव, १२:३६ बजेदेखि वालव, २४:५८ बजेउप्रान्त कौलव, आनन्दादिमा धुम्र योग,चन्द्रराशि– तुला, सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:४८ बजे र दिनमान २७ घडी २६ पला।वर्त/पर्व- अष्टमी व्रत।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २५ गते,बिहीबार, इश्वी सन् २०१८ फेब्रुवरी ८ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष, तिथि– अष्टमी, १३:२७ बजेउप्रान्त नवमी,नक्षत्र– विशाखा, १७:३० बजेउप्रान्त अनुराधा, योग– वृद्धि, १३:४९ बजेउप्रान्त ध्रुव, करण– कौलव, १३:२७ बजेदेखि तैतिल, २६:०४ बजेउप्रान्त गर,आनन्दादिमा प्रवर्द्ध योग, चन्द्रराशि– तुला, ११:०५ बजेउप्रान्त वृश्चिक,सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:४९ बजे र दिनमान २७ घडी ३० पला। वर्त/पर्व- गोरखकाली पूजा।

आजको राशिफल
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला,आजको शुभ अंक २ रहेको छ ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
आजको दिन सामान्य रहेको देखिन्छ, आर्थिक लाभ हुने खालको समय रहेको देखिन्छ ,आजको शुभ अंक ५ रहेको छ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा):
केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ,आजको शुभ अंक ८ रहेको छ ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ ,काममा सफलता मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ,आजको शुभ अंक १० रहेको छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
कलाकारिताको क्षेत्र तिर काम गर्दा एकदम फाइदाको समय रहेको देखिन्छ ,आजको शुभ अंक ९ रहेको छ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
सोचे अनुसार अगी बढ्नु भयो भने राम्रो हुने समय रहेको देखिन्छ, आजको शुभ अंक ११ रहेको छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
धार्मिक सामाजिक काममा संलग्न हुनु पर्ने खालको समय रहेको देखिन्छ, आजको शुभ अंक ६ रहेको छ ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
आटेको काम बन्नेनै देखिन्छ, सुखले पनि साथ दिनेनै छ ,आजको शुभ अंक ३ रहेको छ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
यात्राको लागि एकदम राम्रो समय रहेको देखिन्छ, सामाजिक कार्यमा मन जाने छ, आजको शुभ अंक ४ रहेको छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
मनोरंजनको समय रहेको देखिन्छ,काम ढिला गर्नु बानी छ भने हटाउनु होला, आजको शुभ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *