आजको राशिफल

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
शुक्रबार व्रतविधि
शुक्र ग्रहको प्रतिकूल फलको निवारणका लागि तथा विवाह, सन्तति आदि भौतिक सुख समृद्धिका निम्ति लिने प्रचलन छ । श्रावण महिनाको पहिलो शुक्रबारबाट यो व्रतको प्रारम्भ गरेमा विशेषरूपमा लक्ष्मी कृपा प्राप्त हुन्छ भन्ने मान्यता छ। व्रतको दिन स्नान गरी शुद्ध भई श्वेत वस्त्रादि धारण गरी लक्ष्मीदेवीलाई धूप, दियो, चामल, चिनी, सुपारी आदिले पूजा गरी सेतो मिठाई, खिर जस्ता सेतो रङ्गका खाद्यपदार्थ अर्पण गरी त्यो प्रसाद बच्चाहरूलाई बाँडिदिनु पर्दछ । ‘ॐ शुक्राय नमः’ यो मन्त्र ३ माला हरेक पटक जप्ने गर्नु पर्दछ, व्रतको दिन भोजन गर्दा एक छाक नुन खान निषेध गरिएको छ र खाद्य पदार्थमा सेतो चीज बढी प्रयोग गर्ने चलन छ । व्रत सकिएपछि बालबालिका र ब्राह्मणलाई यथाशक्य दान, दक्षिणा दिएर खुशी बनाउनु पर्छ । यो व्रत कमसेकम २१ वटा शुक्रबारसम्म लिनु अनिवार्य छ ।

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २६ गते, शुक्रबार, इश्वी सन् २०१८ फेब्रुवरी ९ तारिख, शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लागा, फाल्गुण कृष्णपक्ष, तिथि– नवमी, १४:४८ बजेउप्रान्त दशमी, नक्षत्र– अनुराधा, १९:२५ बजेउप्रान्त ज्येष्ठा,योग– ध्रुव, १३:४२ बजेउप्रान्त व्याघात, करण– गर, १४:४८ बजेदेखि वणिज, २७:३७ बजेउप्रान्त भद्रा,आनन्दादिमा राक्षस योग,चन्द्रराशि– वृश्चिक, सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:४९ बजे र दिनमान २७ घडी ३४ पला।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २७ गते,शनिबार,इश्वी सन् २०१८ फेब्रुवरी १० तारिख, शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– दशमी, १६:३२ बजेउप्रान्त एकादशी, नक्षत्र– ज्येष्ठा, २१:४२ बजेउप्रान्त मूल, योग– व्याघात, १३:५३ बजेउप्रान्त हर्षण, करण– भद्रा, १६:३२ बजेदेखि वव, २९:३१ बजेउप्रान्त वालव, आनन्दादिमा मुसल योग, चन्द्रराशि– वृश्चिक, २१:४२ बजेउप्रान्त धनु, सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:५० बजे र दिनमान २७ घडी ३७ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
अवरोध तथा कठिनाइ महसुस होला,कार्यव्यस्तताबीच घरपरिवारका लागि पनि समय दिनुहोला,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
अवसरलाई चुनौतीका रूपमा शिरोधार्य गर्नुहोला,विश्वासको वातावरण कमजोर रहने छ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)–
विवाद नगर्दा आफ्नै भलो हुनेछ,लामो वहसले सिर्जना गरेको निस्कर्ष मात्र दिगो हुनेछ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
आर्थिक संकट सिर्जना गर्न सक्छ,ज्ञानको दायरा फराकिलो बनाउन ध्यान दिनुहोला,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
बोलीमा मधुरता देखिने छ,ठूलो लगानी गरी व्यवसाय सुरुवात गर्न साझेदारहरूबीच मत मिल्नेछ,,आजको शुभ अंक ३ रहेको ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
चिन्ताले सताउन सक्छ,भौतिक सुखले मात्र ढुक्क हुन नसकिएला,प्रेममा अविश्वास जाग्न सक्छ, आजको शुभ अंक १ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
उपहारसहित भेट्न आउन सक्छन्,दुविधा हुँदाहुँदै पनि उचित मार्ग पहिचान गर्न सकिनेछ,,आजको शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
सत्रु सलल्बलाउन सक्छन्,प्रेममा सावधानी अपनाई अघि बढ्दा आफूलाई फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
आनन्द लिन पाइनेछ,मेहनतले गरिएको कार्यबाट प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ,,आजको शुभ अंक २ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
आलस्यताले महत्वपूर्ण काम छुट्न सक्ने भएकाले समय व्यवस्थापन आवश्यक छ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
समाजसेवा गर्ने अवसर समेत प्राप्त हुन सक्छ,समयको प्रतिक्षा स्वरुप बनेको कामले खुसी दिने छ,आजको शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
अभिभावकको प्रेरणा एवं हौसला पथ–प्रदर्शक सावित हुनेछ, जसले अन्तत: उचाइमा पुर्‍याउनेछ,आजको शुभ अंक ९ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *