आजको राशिफल

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २८ गते, आइतबार,इश्वी सन् २०१८ फेब्रुवरी ११ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष, तिथि– एकादशी, १८:३३ बजेउप्रान्त द्वादशी,नक्षत्र– मूल, २४:१३ बजेउप्रान्त पूर्वाषाढा,योग– हर्षण, १४:१८ बजेउप्रान्त वज्र, करण– वालव, १८:३३ बजेदेखि कौलव, ३१:३८ बजेउप्रान्त कौलव,आनन्दादिमा सिद्धि योग,चन्द्रराशि– धनु,सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:५१ बजे र दिनमान २७ घडी ४१ पला। वर्त/पर्व-विजया एकादशी व्रत।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २९ गते,सोमबार,इश्वी सन् २०१८ फेब्रुवरी १२ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष, तिथि– द्वादशी, २०:४२ बजेउप्रान्त त्रयोदशी,नक्षत्र– पूर्वाषाढा, २६:५१ बजेउप्रान्त उत्तराषाढा,योग– वज्र, १४:५० बजेउप्रान्त सिद्धि,करण– कौलव, ७:३८ बजेदेखि तैतिल, २०:४३ बजेउप्रान्त गर, आनन्दादिमा उत्पात योग,चन्द्रराशि– धनु, सूर्योदय– ६:४६ बजे, सूर्यास्त– १७:५२ बजे र दिनमान २७ घडी ४५ पला।वर्त/पर्व- देवघाटमा मकरस्नान समाप्ति,माघ मसान्त,श्रीसूर्य ३०:१४ बजे कुम्भ राशिमा प्रवेश।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरपरिवारकै सदस्यका कारण तनाव उत्पन्न हुने, झैझगडा हुनसक्ने,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
करार र सम्झौताबाट तपाईंले अत्यधिक लाभ प्राप्त गर्नुहुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
मित्रहरूको साथ पाउन गाह्रो हुन्छ, आर्थिक रूपले यो समय राम्रो होइन,आजको शुभ अंक १ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
काम सफल हुनेछ र नोकरी र व्यायसायिक जीवनमा समेत सुधार आउने छ, आजको शुभ अंक १० रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ,धार्मिक र सांस्कृतिक महत्त्व बन्नेछ ,आजको शुभ अंक १० रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ, लामो समयसम्म अस्वस्थ हुने आशंका छ,आजको शुभ अंक ११ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
महत्वपूर्ण जिम्मेबारी प्राप्त गर्नुहुनेछ अथवा सत्ता प्राप्ति हुन्छ, आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
भ्रमणबाटलाभ प्राप्त हुनेछ, तपाईंको दार्शनिक र गम्भीर स्वभाव हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समय घुमघाम र भ्रमणमा बित्नेछ,ससाना यात्रा भाग्यशाली र सुखद समेत हुनेछन् ,आजको शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र आशीर्वचन प्राप्त हुनेछ ,आजको शुभ अंक ८ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु होला,आजको शुभ अंक २ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *