आजको राशिफल

su5

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ २९ गते,सोमबार,इश्वी सन् २०१८ फेब्रुवरी १२ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष, तिथि– द्वादशी, २०:४२ बजेउप्रान्त त्रयोदशी,नक्षत्र– पूर्वाषाढा, २६:५१ बजेउप्रान्त उत्तराषाढा,योग– वज्र, १४:५० बजेउप्रान्त सिद्धि,करण– कौलव, ७:३८ बजेदेखि तैतिल, २०:४३ बजेउप्रान्त गर, आनन्दादिमा उत्पात योग,चन्द्रराशि– धनु, सूर्योदय– ६:४६ बजे, सूर्यास्त– १७:५२ बजे र दिनमान २७ घडी ४५ पला।वर्त/पर्व- देवघाटमा मकरस्नान समाप्ति,माघ मसान्त,श्रीसूर्य ३०:१४ बजे कुम्भ राशिमा प्रवेश।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन १ गते,मंगलबार,इश्वी सन् २०१८ फेब्रुवरी १३ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण, शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– त्रयोदशी, २२:५० बजेउप्रान्त चतुर्दशी,नक्षत्र– उत्तराषाढा, २९:२३ बजेउप्रान्त श्रवण,योग– सिद्धि, १५:२२ बजेउप्रान्त व्यतीपात,करण– गर, ९:४८ बजेदेखि वणिज, २२:५० बजेउप्रान्त भद्रा, आनन्दादिमा मानस योग, चन्द्रराशि– धनु, ९:३० बजेउप्रान्त मकर, सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:५२ बजे र दिनमान २७ घडी ४८ पला। फाल्गुण संक्रान्ति।वर्त/पर्व- महाशिवरात्रि व्रत, शिलाचह्रे पूजा,पशुपतिनाथ, हलेसी महादेवस्थानलगायत शिवालयहरूमा धार्मिक मेला। प्रदोष व्रत।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्ययको मात्रा पनि बढ्ने छ, कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा पनि गर्नुपर्छ, आजको शुभ अंक १० रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक जीवन सुखद हुने छैन, त्यसैले घरपरिवारमा विशेष ध्यान दिनु राम्रो हुनेछ ,आजको शुभ अंक २ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
जीवनमा समेत सुधार आउने छ, प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दुर्घटनाको सामान्य भय छ र आर्थिक हानिको पूर्ण सम्भावना छ ,आजको शुभ अंक ५ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रको भ्रमण गर्नुहुनेछ ,विश्वासको वातावरण बन्नेछ ,आजको शुभ अंक ११ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
केही समस्याहरू तपाईंको स्वाभिमान र घमण्डका कारण पनि सिर्जना हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
ससाना कुरा र विषयका कारण झैझगडा हुनसक्ने र चोरी हुने सम्भावाना छ ,आजको शुभ अंक १ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
छोटो दूरीको यात्रा हुने सम्भावना छ, सुझबुझ र लगनशीलताका कारण फलदायी हुनेछ ,आजको शुभ अंक ८ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
अप्रिय घटना भोग्ने स्थिति आइलाग्ने छ, तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ,आजको शुभ अंक ३ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
एउटा श्रेष्ठ समय हो,आय आर्जनका मार्गमा राम्रै सुधार आउने छ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यात्रा सफलतम सिद्ध हुनेछ, आम्दानीका मार्गहरू बढ्ने छन्, यद्यपि खर्च पनि बढ्ने छ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मित्र र नातागोताका साथीभाइसँगको सामाजिक सम्बन्ध अझ राम्रो हुनेछ ,आजको शुभ ५ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *