आजको राशिफल

su6

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन २७ गते,आइतबार,इश्वी सन् २०१८ मार्च ११ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ चिल्लागा,चैत्र कृष्णपक्ष,तिथि– नवमी, ९:२२ बजेउप्रान्त दशमी,नक्षत्र– मूल, ७:२५ बजेउप्रान्त पूर्वाषाढा,योग– व्यतीपात, २०:२९ बजेउप्रान्त वरियान्,करण– गर, ९:२२ बजेदेखि वणिज, २२:२६ बजेउप्रान्त भद्रा,आनन्दादिमा सिद्धि योग,चन्द्रराशि– धनु, सूर्योदय– ६:२० बजे, सूर्यास्त– १८:०९ बजे र दिनमान २९ घडी ३२ पला।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन २९ गते,मंगलबार, इश्वी सन् २०१८ मार्च १३ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ चिल्लागा,चैत्र कृष्णपक्ष,तिथि– एकादशी, १३:३४ बजेउप्रान्त द्वादशी, नक्षत्र– उत्तराषाढा, १२:३६ बजेउप्रान्त श्रवण, योग– परिघ, २१:३३ बजेउप्रान्त शिव,करण– वालव, १३:३४ बजेदेखि कौलव, २६:३२ बजेउप्रान्त तैतिल,आनन्दादिमा मानस योग, चन्द्रराशि– मकर, सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १८:१० बजे र दिनमान २९ घडी ४१ पला। वर्त/पर्व-पापमोचनी एकादशी व्रत।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगी हरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला,आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ,आजको शुभ अंक २ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछसमयमा होस नपुग्नाले केही चुनौती भने आइलाग्न सक्छन्,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सामाजिक दायित्व बढ्नेछ,लक्ष्य प्राप्त गर्न नसकिएला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,आजको शुभ अंक ११ रहेको
छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ,विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक ९ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ,सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ,स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ,मेहनतले दैनिकी जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ ,आजको शुभ अंक ४ रहेको
छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,शुभ अंक १० रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला,सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,आजको शुभ अंक ७ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
व्यापार व्यवसाय मध्यम रहेको छ सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्,कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ,आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जीवनशैलीमा परिवर्तन आउनुको साथै धेरैको मन लोभ्याउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,बोलीकै भरमा विष काम सम्पादन हुन सक्छ,शुभ अंक ३ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,मानसम्मानमा बृद्धि हुनेछ,मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,आजको शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शत्रुहरू बढ्नाले समस्या थपिएलान्,आजको शुभ अंक ५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *