आजको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन २८ गते,सोमबार,इश्वी सन् २०१८ मार्च १२ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३८ चिल्लागा, चैत्र कृष्णपक्ष, तिथि– दशमी, ११:३० बजेउप्रान्त एकादशी,नक्षत्र– पूर्वाषाढा, १०:०२ बजेउप्रान्त उत्तराषाढा,योग– वरियान्, २१:०४ बजेउप्रान्त परिघ, करण– भद्रा, ११:३० बजेदेखि वव, २४:३३ बजेउप्रान्त वालव,आनन्दादिमा उत्पात योग,चन्द्रराशि– धनु, १६:४१ बजेउप्रान्त मकर,सूर्योदय– ६:१९ बजे, सूर्यास्त– १८:१० बजे र दिनमान २९ घडी ३६ पला।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन २९ गते,मंगलबार, इश्वी सन् २०१८ मार्च १३ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ चिल्लागा,चैत्र कृष्णपक्ष,तिथि– एकादशी, १३:३४ बजेउप्रान्त द्वादशी, नक्षत्र– उत्तराषाढा, १२:३६ बजेउप्रान्त श्रवण, योग– परिघ, २१:३३ बजेउप्रान्त शिव,करण– वालव, १३:३४ बजेदेखि कौलव, २६:३२ बजेउप्रान्त तैतिल,आनन्दादिमा मानस योग, चन्द्रराशि– मकर, सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १८:१० बजे र दिनमान २९ घडी ४१ पला। वर्त/पर्व-पापमोचनी एकादशी व्रत।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
प्रेम प्रस्ताव आउनेछ,विद्या क्षेत्रमा उन्नती रहनेछ,फूपुको सहयोगले लामो समयदेखि अड्किएर बसेकम काममा सफलता मिल्नेछ,आजको शुभ अंक ४ रहेकोछ ।।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
घरको काममा समय बित्नेछ,आमाको स्वास्थ्यमा सुधार आउनेछ,प्रेममा आयाम थपिनेछ,विद्यामा प्रगती हुनेछ, सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ,आजको शुभ अंक १ रहेको छ ।।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)–
नसोचेको ठाउँबाट धन प्राप्तिको योग रहेको छ, नयाँ कामको थालनी हुनेछ , राज्यका उच्च पदमा रहेका व्यक्तिको भेटघाटले मन प्रशन्न रहनेछ,आजको शुभ अंक ७ रहेको छ ।।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
सुरुमा केही खर्च वृद्धि भएता पनि साताको मध्यबाट राम्रो समय सुरुवात हुनेछ, थालेको कामले पूर्णता पाउनेछ,आजको शुभ अंक ५ रहेको छ ।।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
भाग्य उदयको समय रहेको छ,धर्म प्रति खर्च बढेर जाने समय आएको छ, सामाजिक काममा मन जानेछ, आजको शुभ अंक ३ रहेको छ ।।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
साताको सुरुमा खर्चमा वृद्धि हुने र झमेलामा फस्ने साथै मुद्धाको फैसला पनि तपाईको विपक्षमा आउन सक्नेछ,आजको शुभ अंक १० रहेको छ ।।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
दाजुभाइको सहयोग भरपुर मिल्नेछ,सामाजिक कामको जिम्मा तपाईले पाउनुहुनेछ, घरायसी सुखमा वृद्धि हुनेछ ,आजको शुभ अंक ९ रहेको छ ।।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
मिष्ठान्न भोजनको समय रहेको देखिन्छ,सम्पत्ति वृद्धि हुनेछ,प्राथमिक शिक्षामा विेशष उन्नती रहेको देखिन्छ,पराक्रम वृद्धि हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
आम्दानी र खर्च बरोबर नै हुनेछ,सुन व्यवसायमा विशेष लाभ रहनेछ,मित्रभावले मन प्रसन्न रहनेछ ,बोलीमा विचार पु¥याउनु राम्रो हुनेछ,आजको शुभ अंक ११ रहेकोछ । ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
शत्रु भय रहनेछ,कामले स्थिरता पाउनेछ छैन,राजनीतिमा खटपटी देखा पर्ने रहेको छ, जग्गा जमीनको किनबेचमा विशेष लाभ रहनेछ,आजको शुभ अंक ७ रहेको छ ।।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
सरकारी काम बन्नेछ, विद्यार्थीको लागि यो साता अति नै उत्तम रहेको छ, गृहणीको लागि यो साता मध्यम रहेको देखिन्छ,आजको शुभ अंक ६ रहेको छ ।।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
वैदेशिक क्षेत्रका काममा सफलता मिल्नेछ,अन्र्तराष्ट्रिय स्तरका व्यक्तिले काममा सहयोगी भूमिका निर्वाह गर्नेछन्,व्यापारिक क्षमतामा वृद्धि हुनेछ,आजको शुभ अंक २ रहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *