आजको राशिफल

ganeshk

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन २९ गते,मंगलबार, इश्वी सन् २०१८ मार्च १३ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ चिल्लागा,चैत्र कृष्णपक्ष,तिथि– एकादशी, १३:३४ बजेउप्रान्त द्वादशी, नक्षत्र– उत्तराषाढा, १२:३६ बजेउप्रान्त श्रवण, योग– परिघ, २१:३३ बजेउप्रान्त शिव,करण– वालव, १३:३४ बजेदेखि कौलव, २६:३२ बजेउप्रान्त तैतिल,आनन्दादिमा मानस योग, चन्द्रराशि– मकर, सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १८:१० बजे र दिनमान २९ घडी ४१ पला। वर्त/पर्व-पापमोचनी एकादशी व्रत।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन ३० गते,बुधबार, इश्वी सन् २०१८ मार्च १४ तारिख,शकसंवत् १९३९। साधारण संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३८ चिल्लागा, चैत्र कृष्णपक्ष, तिथि– द्वादशी, १५:२५ बजेउप्रान्त त्रयोदशी, नक्षत्र– श्रवण, १४:५८ बजेउप्रान्त धनिष्ठा,योग– शिव, २१:५१ बजेउप्रान्त सिद्ध, करण– तैतिल, १५:२५ बजेदेखि गर, २८:१४ बजेउप्रान्त वणिज,आनन्दादिमा छत्र योग, चन्द्रराशि– मकर, २८:०२ बजेउप्रान्त कुम्भ, सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान २९ घडी ४५ पला। देवपत्तनमा देशोद्धार पूजा। प्रदोष व्रत। २८:०२ बजे धनिष्ठा पञ्चक प्रारम्भ। फाल्गुण मसान्त।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ भने मान–सम्मान पनि पाइनेछ,गाँस्नेहरूले सताउन सक्छ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आजको शुभ अंक २ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनपर्ने साथी भेटिए पनि मनको गाँठो खोल्न प्रतीक्षा गर्नुहोला,स्थिति चुनौतीपूर्ण देखिए पनि दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ भने मित्रता र प्रेमको बन्धन कसिन सक्छ,घरेलु समस्या देखापर्न सक्छन्,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विरोधीहरू बढ्नाले आँटेका काममा केही चुनौती देखापर्ने सम्भावना छ,स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ,आजको शुभ अंक ८ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू पुनः सुरु हुनेछन्, लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ,प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ, मानसम्मान पाइने समय छ, सहयोगीहरू जुट्नेछन्, अतिथिका रूपमा सम्मानित भइएला,आजको शुभ अंक ११ रहेको
छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ,नयाँ काममा हात हाल्ने समय आएको छ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सरसापटमा गएको धन फिर्ता उठाउन मुस्किलै पर्नेछ,सोख पूरा गर्नमा खर्च बढ्न सक्छ,हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ,आजको शुभ अंक १ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस,विभिन्न अवसर प्राप्त हुनेछन्,आजको शुभ अंक ७ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
कर्मसिद्धिको समय छ,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,केही अनियन्त्रित खर्च पनि हुनेछ,नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध विस्तार हुनेछ,आजको शुभ अंक ४ रहेकोछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बुद्धिको उपयोगले काम लिने समय छ, प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ,समय उपलब्धिमूलक हुनसक्ला,आजको शुभ अंक १० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *