आजको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७४ साल फागुन ३० गते,बुधबार, इश्वी सन् २०१८ मार्च १४ तारिख,शकसंवत् १९३९। साधारण संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३८ चिल्लागा, चैत्र कृष्णपक्ष, तिथि– द्वादशी, १५:२५ बजेउप्रान्त त्रयोदशी, नक्षत्र– श्रवण, १४:५८ बजेउप्रान्त धनिष्ठा,योग– शिव, २१:५१ बजेउप्रान्त सिद्ध, करण– तैतिल, १५:२५ बजेदेखि गर, २८:१४ बजेउप्रान्त वणिज,आनन्दादिमा छत्र योग, चन्द्रराशि– मकर, २८:०२ बजेउप्रान्त कुम्भ, सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान २९ घडी ४५ पला। देवपत्तनमा देशोद्धार पूजा। प्रदोष व्रत। २८:०२ बजे धनिष्ठा पञ्चक प्रारम्भ। फाल्गुण मसान्त।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत १ गते,बिहीबार, इश्वी सन् २०१८ मार्च १५ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३८ चिल्लागा, चैत्र कृष्णपक्ष, तिथि– त्रयोदशी, १६:५६ बजेउप्रान्त चतुर्दशी,नक्षत्र– धनिष्ठा, १७:०१ बजेउप्रान्त शतभिषा, योग– सिद्ध, २१:५१ बजेउप्रान्त साध्य, करण– वणिज, १६:५६ बजेदेखि भद्रा, २९:३१ बजेउप्रान्त शकुनि,आनन्दादिमा श्रीवत्स योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ६:१६ बजे, सूर्यास्त– १८:१२ बजे र दिनमान २९ घडी ४९ पला। वर्त/पर्व-चैत्र संक्रान्ति,पञ्चक, पिशाच चतुर्दशी (पाशाचह्रे पूजा),वारुणी योग १६:५६ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ भने मान–सम्मान पनि पाइनेछ,गाँस्नेहरूले सताउन सक्छ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आजको शुभ अंक ९ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काममा विलम्ब र खर्च बढ्ने योग छ,अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला, व्यवसायमूलक भ्रमण गर्ने समय छ,फसिने डरले सताउन सक्छ, आजको शुभ अंक ७ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ भने मित्रता र प्रेमको बन्धन कसिन सक्छ,घरेलु समस्या देखापर्न सक्छन्, स्वास्थ्यमा देखिने कमजोरीले काममा समेत बाधा पुर्याउनेछ,आजको शुभ अंक ११ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईंको अभिव्यक्तिबाट धेरैलाई प्रभाव पर्नेछ,आत्मबल बढ्नेछ, आयभन्दा व्यय बढी,आर्थिकभार थेग्न कठिन, ऋण बढ्ने सम्भावना बढी देखिन्छ,आजको शुभ अंक १० रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ,काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ,विभिन्न अवसरले पछ्याए पनि विस्वस्त हुन नसकिएला,आजको शुभ अंक ५ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा विलम्ब र खर्च बढ्ने योग छ,अरूको स्वार्थका लागि सञ्चित धन खर्चनुपर्ला,सुरुमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ, आजको शुभ अंक ४ रहेकोछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,आजको शुभ अंक १ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसम्मानमा चोट पुग्न सक्छ,उद्योग–धन्दामा विशेष सफलता पाइनेछ,शत्रु र रोगबाट पनि छुटकारा मिल्ने योग छ,आजको शुभ अंक ३ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस,विभिन्न अवसर प्राप्त हुनेछन्,आजको शुभ अंक ६ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,दोषी तथा कमसल,विपरित पर्नसक्ने सम्भावना टड्कारो देखिएको छ,आजको शुभ अंक ८ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,वैचारिक क्षमता बढ्नेछ,आजको शुभ अंक २ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *