आजको राशिफल

su7

वंदेमातरम्
नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत १ गते,बिहीबार, इश्वी सन् २०१८ मार्च १५ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३८ चिल्लागा, चैत्र कृष्णपक्ष, तिथि– त्रयोदशी, १६:५६ बजेउप्रान्त चतुर्दशी,नक्षत्र– धनिष्ठा, १७:०१ बजेउप्रान्त शतभिषा, योग– सिद्ध, २१:५१ बजेउप्रान्त साध्य, करण– वणिज, १६:५६ बजेदेखि भद्रा, २९:३१ बजेउप्रान्त शकुनि,आनन्दादिमा श्रीवत्स योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ६:१६ बजे, सूर्यास्त– १८:१२ बजे र दिनमान २९ घडी ४९ पला। वर्त/पर्व-चैत्र संक्रान्ति,पञ्चक, पिशाच चतुर्दशी (पाशाचह्रे पूजा),वारुणी योग १६:५६ बजेसम्म।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत २ गते,शुक्रबार, इश्वी सन् २०१८ मार्च १६ तारिख। शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३८ चिल्लागा, चैत्र कृष्णपक्ष, तिथि– चतुर्दशी, १७:५९ बजेउप्रान्त औंसी, नक्षत्र– शतभिषा, १८:३७ बजेउप्रान्त पूर्वभाद्रपदा, योग– साध्य, २१:३१ बजेउप्रान्त शुभ, करण– शकुनि, १७:५९ बजेदेखि चतुष्पद, ३०:२० बजेउप्रान्त चतुष्पद,आनन्दादिमा सौम्य योग,चन्द्रराशि– कुम्भ, सूर्योदय– ६:१५ बजे, सूर्यास्त– १८:१२ बजे र दिनमान २९ घडी ५३ पला।वर्त/पर्व- पञ्चक। भद्रकालीपीठमा लिङ्गो उत्थान गर्ने।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,कर्मयोगका थप बाटाहरू खुल्नेछन्, पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ,प्रेम र मित्रताको बन्धन कसिनेछ,आजको शुभ अंक १० रहेको छ ।।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना छ,केही तनावबीच काममा जुट्नुपर्ला,रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ,आजको शुभ अंक ७ रहेको छ ।।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सुरुमा बौद्धिक क्षेत्रमा उन्नति हुनेछ,आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ,प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, आजको शुभ अंक २ रहेको छ ।।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधुरा कामहरू बन्नेछन्,प्रेमको बन्धन कसिने बेला छ,प्रतिस्पर्धीहरूले हार खालान्,प्रियजनसँगको भेटघाटले साताको सुरुआत रमाइलो रहनेछ,सुखद समाचार सुन्न पाइनेछ,आजको शुभ अंक ६ रहेको छ ।।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,स्थायी सम्पत्तिमा केही विवाद आउला,आफ्नो क्षेत्रमा अरूको प्रभाव बढ्न सक्छ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,आजको शुभ अंक ८ रहेको छ ।।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कामको बोझ थपिनेछ,काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ,बोलीमा विचार पुर्याउनु होला,अनावश्यक झमेला थपिन सक्छ,दुःख दिन सक्छन्,आजको शुभ अंक ९ रहेको छ ।।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ,मातृपितृभक्ति तथा सेवा गर्ने र आर्शिवाद लिनसकिनेछ,धार्मिक,सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,आत्मबल बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ ।।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च र थकाइ बढ्नेछ, निराश नहुनुहोस्,कुनै काम बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,भेटघाटले प्रसन्नता दिलाउनेछ,आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ,आजको शुभ अंक ११ रहेको छ ।।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,काममा प्रशंसा मिल्नेछ,राजनीतिकज्ञका लागि सैद्धान्तिक पक्षमा सफलता प्राप्त हुँदै जाने छ,काममा विशेष जिम्मेवारी प्राप्त होला,आजको शुभ अंक १ रहेको छ । l

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
ज्ञान–विज्ञान तथा धर्म अध्यात्मका क्षेत्रमा सामान्यतया अलमल वा द्वन्द तथा आशंका बाबजुत पनि प्रगति अधुरा काम सम्पादन गर्न सकिनेछ,टाढिएका आफन्तहरू नजिकिनेछन,आजको शुभ अंक ५ रहेको छ ।।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बोली र व्यवहारमा पनि सचेत रहनुपर्नेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,सचेत रहनुपर्नेछ,आजको शुभ अंक ४ रहेकोछ ।।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जुझारु कार्यशैलीले शक्तिशाली व्यक्तिहरूलाई पछि पार्न सकिनेछ,स्वास्थ्यमा मौसमी समस्या देखिए पनि भाग्य बलवान् रहनेछ,लगानीको राम्रो प्रतिफल उठाउन सकिएला,आजको शुभ अंक ७ रहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *