आजको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत २४ गते,शनिबार,सन् २०१८ अप्रिल ७ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३८ चौलागा,वैशाख कृष्णपक्ष, तिथि– सप्तमी, २३:१३ बजेउप्रान्त अष्टमी,नक्षत्र– मूल, १४:३६ बजेउप्रान्त पूर्वाषाढा,योग– परिघ, २६:५७ बजेउप्रान्त शिव, करण– भद्रा, १०:१३ बजेदेखि वव, २३:१३ बजेउप्रान्त वालव, आनन्दादिमा गद योग, चन्द्रराशि– धनु, सूर्योदय– ५:५० बजे, सूर्यास्त– १८:२४ बजे र दिनमान ३१ घडी २४ पला।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत २५ गते,आइतबार,इश्वी सन् २०१८ अप्रिल ८ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३८ चौलागा, वैशाख कृष्णपक्ष,तिथि– अष्टमी, २५:१९ बजेउप्रान्त नवमी, नक्षत्र– पूर्वाषाढा, १७:१२ बजेउप्रान्त उत्तराषाढा, योग– शिव, २७:३३ बजेउप्रान्त सिद्ध, करण– वालव, १२:१६ बजेदेखि कौलव, २५:१९ बजेउप्रान्त तैतिल,आनन्दादिमा शुभ योग,चन्द्रराशि– धनु, २३:५२ बजेउप्रान्त मकर, सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:२४ बजे र दिनमान ३१ घडी २८ पला।वर्त/पर्व- अष्टमी व्रत,गाेरखकाली पूजा,सर्वार्थसिद्धियोग १७:१२ बजेदेखि।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
विशेष भेटघाटले खुसियाली छाउनेछ,आतिथ्यपूर्ण सम्मानका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला, विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्ला,आजको शुभ अंक -५ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ,प्रेम र मित्रताको बन्धन कसिने समय छ, व्यसायकै सिलसिलामा भए पनि रमाइला ठाउँको भ्रमण गर्ने मौका छ,आजको शुभ अंक – ४ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
खर्च बढ्ने, झमेलामा परिने र छिमेकमा सम्बन्ध बिग्रने सम्भावना छ,यात्राको व्यवस्थापन र तपाईंका सोख परिपूर्तिमा पनि सञ्चित रकम खर्च होला,आजको शुभ अंक – ६ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोजगारीको अवसर आउला, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ, व्यवसायबाट सोचेको लाभ मिल्नेछ, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक- १२ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधुरा काम सम्पादन गर्न सकिनेछ, शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ, शत्रुपक्ष विस्थापित होलान्, प्रशस्त धन लाभ हुनेछ, प्रेमको बन्धन कसिनेछआजको शुभ अंक -७ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ,तापनि निराश नहुनुहोस्,रोकिएका काम बन्नेछ,पढाइलेखाइमा राम्रै उन्नति हुनेछ, आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ,आजको शुभ अंक- १ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला,राजनीति र नोकरीमा उन्नति हुनेछ, अरूलाई समेत नमुना बनेर देखाउन सकिनेछ,धेरैले तपाईंको तारिफ गर्नेछन,आजको शुभ अंक-६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वसायमा फाइदा हुनेछ,पढाइलेखाइमा प्रगति होला,गुरुजनको साथ पाइनुका साथै बौद्धिक कार्यमा सफलता मिल्नेछ, प्रतिस्पर्धीहरू सजिलै पराजित हुनेछन्,आजको शुभ अंक- ५ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक गतिविधिमा संलग्नता बढ्नेछ, मानसम्मान बढ्नुका साथै प्रतिष्ठित कामको जिम्मेवारी पाइएला,प्रशंसकहरूले तपाईंको चर्चा गर्नेछन्आजको शुभ अंक- ९ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ,प्रतिस्पर्धीहरूले हार खालान्, महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,आजको शुभ अंक- ८ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सम्मानका बीच स्वादिष्ट खानपानको आनन्द मिल्नेछ, प्रेमको बन्धन पनि कसिने बेला छ, रमाइलो जमघटमा सहभागी भइएलाआजको शुभ अंक – १० रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउन सक्छ, सचेत रहनुहोला, बोलीकै भरमा काम सम्पादन गर्ने समय छ, आतिथ्यपूर्ण सम्मान पाइनेछ,आजको शुभ अंक- ११ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *