आजको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत २६ गते,सोमबार, इश्वी सन् २०१८ अप्रिल ९ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३८ चौलागा, वैशाख कृष्णपक्ष,तिथि– नवमी, २७:२१ बजेउप्रान्त दशमी,नक्षत्र– उत्तराषाढा, १९:४८ बजेउप्रान्त श्रवण,योग– सिद्ध, २८:०७ बजेउप्रान्त साध्य, करण– तैतिल, १४:२१ बजेदेखि गर, २७:२१ बजेउप्रान्त वणिज, आनन्दादिमा मृत्यु योग,चन्द्रराशि– मकर, सूर्योदय– ५:४८ बजे, सूर्यास्त– १८:२५ बजे र दिनमान ३१ घडी ३२ पला।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत २७ गते,मंगलबार, इश्वी सन् २०१८ अप्रिल १० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३८ चौलागा, वैशाख कृष्णपक्ष,तिथि– दशमी, २९:०९ बजेउप्रान्त एकादशी,नक्षत्र– श्रवण, २२:१४ बजेउप्रान्त धनिष्ठा,योग– साध्य, २८:३० बजेउप्रान्त शुभ, करण– वणिज, १६:१७ बजेदेखि भद्रा, २९:०९ बजेउप्रान्त वव, आनन्दादिमा लुम्ब योग, चन्द्रराशि– मकर, सूर्योदय– ५:४७ बजे, सूर्यास्त– १८:२५ बजे र दिनमान ३१ घडी ३६ पला।वर्त/पर्व- भक्तपुरमा भैरव–भद्रकाली रथयात्रा।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
घरपरिवारमा मेलमिलाप हुनेछ,धार्मिक अनुष्ठानका छन् इष्टमित्र,छर–छिमेकीहरूको सहयोग सद्भाव मिल्ने छ,विवाद एवं चिन्ता बढ्न सक्छ,आजको शुभ अंक १ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विश्वास गरेका व्यक्तिले धोका दिने छन्,बन्न लागेको कार्य रोकावट आउन सक्छ,सहमतिका कार्यहरू भङ्ग हुन सक्छन् सञ्चित धनको खर्च हुन सक्छ, आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अधुरा काम पूरा गर्न नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,विवाद बढ्न सक्छ ,कुल कुटुम्बका व्यक्तिको नराम्रो सुन्न पर्ला,आजको शुभ अंक ९ रहेको छ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम व्यवहारमा सफलता मिल्ने छ,सहोदरका व्यक्तिको सहयोग मिल्ने छ, म आर्थिक सम्पन्नता बढ्ने छ,पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,आजको शुभ अंक १० रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,जे कुरा जानिएको छ अरूलाई बुझाउन सक्ने शक्ति प्राप्त हुनेछ,ब्यक्तित्व विकास हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
गरेका काममा सन्तोष जनक सफलता मिल्नेछ,आम्दानि बढेता पनि साताको अन्त्यमा नसोचिएको धन खर्च हुनेछ,खानपिनमा ध्यान दिनुहोला,आजको शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नया साथिसंगको हेलमेलले साता सुखी र खुशी रहनेछ,स्वास्थ्यमा आएका कमजोरी बिस्तारै कम हुदै जानेछ, साथि संगी संग रमाइलो गरेर समय बित्नेछ, आजको शुभ अंक ११ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाइको सहयोगको सबैले प्रशंशा गर्नेछन, सामुहिक नेतृत्व गर्दै सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ,धन सम्पत्ति संचय गरिनेछ,व्यापार व्यावसाय राम्रो हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा प्रशन्नता छाउनेछ,बहुमुल्य र सुन्दर रत्नसंचय गरिनेछ,सामाजिक सेवाका कार्यमा रुची बढ्नेछ भने गरेको कामको उचित मुल्यांकन हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अनाबस्यक रिस बढ्नाले सोचन शक्तिमा कमि आउनेछ फलस्वरूप आफन्त संग बैर भाब बढ्न सक्छ, सवारी साधन तथा यान्त्रिक बस्तुबाट चोटपटक लाग्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाम्पत्य सम्बन्धमा कमजोरी आउनुको साथै आफन्तबाट अपमानित हुनपर्ने अबस्था पनि आउन सक्छ,राम्रै सहयोग गर्दा पनि अपजसको सामना गर्नु पर्ने हुनसक्छ,आजको शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कमजोरी आउने सम्भाबना देखिन्छ,दाम्पत्य सम्बन्धले नया उचाई लिनेछ,पति पत्नीको सल्लाहमा सुरु गरिएका कामले फलिफाप हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *