आजको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत २८ गते,बुधबार,इश्वी सन् २०१८ अप्रिल ११ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,वसन्त ऋतु, नेपाल संवत् ११३८ चौलागा,वैशाख कृष्णपक्ष, तिथि– एकादशी, ३०:३७ बजेउप्रान्त एकादशी, नक्षत्र– धनिष्ठा, २४:२२ बजेउप्रान्त शतभिषा, योग– शुभ, २८:३७ बजेउप्रान्त शुक्ल, करण– वव, १७:५६ बजेदेखि वालव, ३०:३७ बजेउप्रान्त वालव,आनन्दादिमा मित्र योग,चन्द्रराशि– मकर, ११:२१ बजेउप्रान्त कुम्भ, सूर्योदय– ५:४६ बजे, सूर्यास्त– १८:२६ बजे र दिनमान ३१ घडी ४० पला,११:२१ बजे धनिष्ठा पञ्चक प्रारम्भ।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत २९ गते,बिहीबार, इश्वी सन् २०१८ अप्रिल १२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३८ चौलागा, वैशाख कृष्णपक्ष, तिथि– एकादशी, ६:३७ बजेउप्रान्त द्वादशी,नक्षत्र– शतभिषा, २६:०५ बजेउप्रान्त पूर्वभाद्रपदा,योग– शुक्ल,२८:२५ बजेउप्रान्त ब्रह्म,करण– वालव, ६:३७ बजेदेखि कौलव, १९:११ बजेउप्रान्त तैतिल,आनन्दादिमा वज्र योग,चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:४५ बजे, सूर्यास्त– १८:२६ बजे र दिनमान ३१ घडी ४४ पला। पञ्चक, वरुथिनी एकादशी व्रत।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
वैदेशिक यात्रामा लाभ मिल्नेछ,साथीभाइबीचको सम्बन्धमा उल्झन आउनेछ, मनमा शंका बढ्नेछ,आजको शुभ अंक-६ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक पद-प्रतिष्ठा वृद्धि हुनेछ, वाहन सुख मिल्नेछ , मान्यजनको सहयोग मिल्नेछ, पदोन्नति हुनेछ,आजको शुभ अंक- ८ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मानसिक चिन्ता बढ्नेछ ,मुद्दा-मामिला सामना गर्नुपर्ला ,स्वास्थ्यमा खर्च बढ्नेछ, कर्म प्राति हुनेछ,आजको शुभ अंक- ११ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रामा सावधान रहनुहोला, नवीन कार्यको सुरुवात हुनेछ, टाढिएका मित्रसँग भेट हुनेछ, मन प्रफुल्लित रहनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुटुम्बको सहयोग मिल्नेछ,पति÷पत्नीबीचको सम्बन्धमा सुधार आउनेछ,विपरीतलिंगीप्रति आकर्षण बढ्न सक्छ,आजको शुभ अंक – ६ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लेनदेनमा विवाद बढ्नेछ,अनपेक्षित धन प्राप्ति हुनेछ ,मन अशान्त रहनेछ, पेटको समस्या बढ्नेछ,आजको शुभ अंक – १० रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा समस्या आउनेछ, व्यवसायमा सुधार आउनेछ, परोपकारको भावना वृद्धि हुनेछ , आलस्य बढ्नेछ, आजको शुभ अंक -५ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक सम्बन्धमा सुधार आउनेछ, धन आर्जनका नयाँ स्रोत फेला पर्नेछन् ,शत्रु परास्त हुनेछन् ,स्फूर्ति बढ्नेछ,आजको शुभ अंक- १ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तसँग मनमुटाव हुनेछ, आकस्मिक धन लाभ हुनेछ, कान्ति क्षय हुनेछ, व्यवसायमा अवोन्नति हुन सक्छ,आजको शुभ अंक- १२ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बोलीको प्रभाव बढ्नेछ, नवीन कार्य सुरु गरिनेछ, टाढिएका मित्रसँग भेट हुनेछ ,व्यापार सामान्य रहनेछ,आजको शुभ अंक – ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ , धन आर्जन प्रभावित हुनेछ, स्वास्थ्यमा सुधार आउनेछ,परिवारमा मेलमिलाप होला, आजको शुभ अंक- ५ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
परिश्रम बढ्नेछ, दैनिक कार्यमा ढिलासुस्ती हुनेछ, सञ्चित धन खर्च हुन सक्छ, दिनको पूर्वाद्र्ध शुभ रहनेछ,आजको शुभ अंक -७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *