आजको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत २९ गते,बिहीबार, इश्वी सन् २०१८ अप्रिल १२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३८ चौलागा, वैशाख कृष्णपक्ष, तिथि– एकादशी, ६:३७ बजेउप्रान्त द्वादशी,नक्षत्र– शतभिषा, २६:०५ बजेउप्रान्त पूर्वभाद्रपदा,योग– शुक्ल,२८:२५ बजेउप्रान्त ब्रह्म,करण– वालव, ६:३७ बजेदेखि कौलव, १९:११ बजेउप्रान्त तैतिल,आनन्दादिमा वज्र योग,चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:४५ बजे, सूर्यास्त– १८:२६ बजे र दिनमान ३१ घडी ४४ पला। वर्त/पर्व- पञ्चक, वरुथिनी एकादशी व्रत।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत ३० गते,शुक्रबार, इश्वी सन् २०१८ अप्रिल १३ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३८ चौलागा,वैशाख कृष्णपक्ष,तिथि– द्वादशी, ७:३८ बजेउप्रान्त त्रयोदशी, नक्षत्र– पूर्वभाद्रपदा, २७:१९ बजेउप्रान्त उत्तरभाद्रपदा,योग– ब्रह्म, २७:५० बजेउप्रान्त ऐन्द्र, करण– तैतिल, ७:३८ बजेदेखि गर, १९:५७ बजेउप्रान्त वणिज,आनन्दादिमा ध्वांक्ष योग,चन्द्रराशि– कुम्भ, २१:०४ बजेउप्रान्त मीन,सूर्योदय– ५:४४ बजे, सूर्यास्त– १८:२७ बजे र दिनमान ३१ घडी ४७ पला। वर्त/पर्व-पञ्चक, प्रदोष व्रत,भक्तपुरमा विश्वध्वजोत्थान,चैत्र मसान्त, वि.सं. २०७४ समाप्ति।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा उत्साह बृद्धि, उपहारादी लाभ, प्रेममा सन्तुष्टि, बोलेको प्रभाव बढ्नुका साथै रोगहरुले छोड्ने छ,व्यवहारमा सफलता मिल्ने छ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चोटपटकको भय तथा मानसिक चिन्ता बृद्धि होला,मान सम्मान बृद्धि, यश, आनन्द प्राप्ति तथा बैंक व्यालेन्स बृद्धि होला,पढाइ लेखाइमा रुची बढ्ने छ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सुख बृद्धि,जागिर प्राप्ति आयआर्जन बृद्धि तथा मिष्ठान्न भोजन लाभ होला,दण्ड जरिवाना तिर्नु पर्दा मान सम्मानमा आँच आउला, भाग्योदयको योग छ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान्यजनबाट सहयोग प्राप्ति,शरीर निरोगी,मनमा प्रशन्नता बृद्धि तथा घरमा कुटुम्बको आगमन होला,होच्याउने तथा मानसिक चिन्ता बृद्धि होला,आजको शुभ अंक १ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
झैझगडा तथा पेटको समस्या बृद्धि होला भने बाँकी दिन सन्तान सुख, महत्वपूर्ण कार्य सिद्धि तथा मान्यजनको सहयोग प्राप्त भई बिग्रनै आँटेको काम बन्ला,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शरीरमा पीडा बृद्धि तथा बेकारका कुराकानीले दिन बित्ला भने बाँकी दिन राज्यद्वारा सहयोग प्राप्ति तथा कार्य सिद्धि होला, लगानी सही ठाउँमा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,यश आनन्द बृद्धि,प्रेम वार्ता तथा शत्रुहरु मित्रमा परिणत होलान्,मनमा खिन्नता होला,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
समय तपाईंको पक्षमा हुँदा कार्य सफल। स्वास्थ्य स्थितिमा सुधार तथा मिष्ठान्न भोजन लाभ होला भने बाँकी दिन नाना रोगले सताउला,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
झैझगडा तथा आफन्तसँग वैरभाव बृद्धि होला भने बाँकी दिन यात्राको योग, शत्रुहरु पराजय, घरायसी सुखलाभ तथा स्वास्थ्य स्थिति ठिक होला,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धनलाभका बाटाहरु प्रशस्त रुपमा खुल्ने छ,मनमा छट्पटी बृद्धि तथा बन्नै आँटको काम बिग्रेला भने बाँकी दिन यात्रा योग तथा शत्रुहरु पराजय होलान्,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अनावश्यक धन खर्च होला,धैर्यता बृद्धि भई अधुरा कार्य पूर्ण रुपमा सफल होला,जलको भय तथा नराम्रा सपना देखिएला भने बाँकी दिन कार्य सफल होला,आजको शुभ अंक १२ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
समय तपाईंको पक्षमा हुँदा समय विपरित लिङ्गसँग वार्तालाभ, नवीन बस्त्र लाभ भई मनमा आनन्द बृद्धि होला,ढाड पेटको समस्याले दुःख देला,आजको शुभ अंक ३ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *