आजको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख १ गते,शनिबार, इश्वी सन् २०१८ अप्रिल १४ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३८ चौलागा, वैशाख कृष्णपक्ष,तिथि– त्रयोदशी, ८:०९ बजेउप्रान्त चतुर्दशी,नक्षत्र– उत्तरभाद्रपदा, २८:०४ बजेउप्रान्त रेवती,योग– ऐन्द्र, बजेउप्रान्त, करण– वणिज, ८:०९ बजेदेखि भद्रा, बजेउप्रान्त शकुनि, आनन्दादिमा धुम्र योग, चन्द्रराशि– मीन, सूर्योदय– बजे, सूर्यास्त– बजे र दिनमान ३१ घडी ५१ पला। वर्त/पर्व-नववर्ष वि.सं. २०७५ प्रारम्भ,वैशाख संक्रान्ति,मेष राशिमा सूर्य १०:२३ बजे प्रवेश,भक्तपुरमा विश्वध्वज पातन,टोखास्थित सपनतीर्थमा स्नान, खायुसन्हु,चम्पादेवीमा मेला,मातातिचह्रे पूजा।

भोलिको-पञ्चाङ्ग

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
विघ्नबाधा आइपर्ने सम्भावना छ,नसा,जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले सताउन सक्छ,अनावश्यक खर्च र ऋणभार समेत बढ्ने देखिन्छ,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वैदेशिक यात्रामा असफलता,धनहानि जस्ता समस्या आउन सक्छन्,समस्याबाट मुक्तिका लागि ग्रहको मन्त्रजप,पूजापाठ शान्ति गर्नुपर्दछ,आजको शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
शिक्षामा बाधा हुने देखिन्छ,घरायसी समस्या बढ्ने,पढाइमा बाधा,काममा अवरोध र आफन्तस“ग मनमोटाव बढ्ने जस्ता समस्या आउन सक्छन्,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक असमझदारी जस्ता समस्या आइपर्नेछन्,घर–जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या ल्याउने देखिन्छ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समाजसेवा र परोपकारका कार्य गरिनेछ,आत्मबल बढ्नेछ र चौतर्फी प्रगति गर्न सकिनेछ,बाहिरी यात्रालाई भने यो वर्ष केही कमजोर रहनेछ,आजको शुभ अंक १ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
नराम्रा सपना देखिएला,सञ्चित धन खर्च र कर्जा बढाउने सम्भावना छ,अनुकूल कष्ट,जरिवाना,बदनाम,चिन्ता जस्ता विघ्नबाधा आइपर्नेछन्,आजको शुभ अंक १२ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बेलाबेला विवादमा र यदाकदा अन्यायमा समेत परिनेछ, फाइदा र प्रतिकूल हुनेहरूलाई कष्ट,जरिवाना,बदनामी,बन्धन जस्ता विघ्नबाधा आइपर्नेछन्,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ,पढाइलेखाइ अपूर्ण देखिन्छ,अनावश्यक खर्च,कर्जा र चोटपटकका कारक देखिन्छन्,आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
उद्योगधन्दा सञ्चालन गर्ने समय आएको छ,सेवामूलक, परोपकारका कार्यहरू सम्पादन हुनेछ,बाहिरी यात्रा र प्रवासमा पनि समय अनुकूल देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ, उच्च महत्वाकांक्षाले काम बिग्रने,धन हानि र परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिक–सामाजिक कार्यमा बाधक देखिन्छन्,केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ,आकस्मिक लाभ र सहज भाग्योन्नतिको योग छ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
आरोप,जरिवाना,विघ्नबाधा आइपर्नेछन्,विनाशको स्थानमा उपस्थितिले पेटको रोग र कब्जियत वा मलद्वारसम्बन्धी समस्याले सताउने समय छ,आजको शुभ अंक ३ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *