शनिबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार १६ गते,शनिबार, इश्वी सन् २०१८ जुन ३० तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ तछलागा,आषाढ कृष्णपक्ष, तिथि– द्वितीया, १३:२४ बजेउप्रान्त तृतीया,नक्षत्र– उत्तराषाढा, १७:२३ बजेउप्रान्त श्रवण, योग– वैधृति, २८:१० बजेउप्रान्त विष्कम्भ,करण– गर, १३:२४ बजेदेखि वणिज, २६:२४ बजेउप्रान्त भद्रा,आनन्दादिमा राक्षस योग,चन्द्रराशि– मकर, सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३३ पला। त्रिपुष्कर योग १७:२४ बजेसम्म।

भोलिको -पञ्चाङ्ग

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
शैक्षिक क्षेत्रमा प्रगति हुनेछ,नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ,परिवारको सहयोग मिल्नेछ,खिन्नताले सताउनेछ , राजनीतिक विवादको सामना गर्नुपर्ला,परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन्,आजको शुभ अंक -७ रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
आयआर्जनमा सन्तुष्टि मिल्नेछ,राजनीतिक अन्योलले निराश बनाउनेछ, न्यायिक कार्यबाट सफलता मिल्नेछ,स्वास्थ्यसम्बन्धी समस्याले सताउला,कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ,आजको शुभ अंक – ४ रहेको छ ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
व्यापार–व्यवसायमा लाभ मिल्नेछ,तरल पदार्थको किनबेच गरिएला,कला साहित्य संगीतप्रति चासो बढ्नेछ,विलासिताका सामान खरीदविक्री गरिनेछ,अचल सम्पत्ति किनबेच हुनेछ,सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन,आजको शुभ अंक-६ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
आफन्तबाट सहयोग पाइनेछ,द्विविधा बढ्नेछ,अनावश्यक खर्च बढ्लला,चिन्ताले सताउला, सामाजिक मानसम्मानमा आघात पर्ने देखिन्छ,कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ ,आजको शुभ अंक- १२ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
कूटनीतिक प्रयास सफल हुनेछन् ,सामाजिक क्षेत्रमा मानसम्मान मिल्नेछ ,रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ,जग्गाजमिन अचल सम्पत्ति खरिदविक्रीको गर्ने योग छ,द्दामामिला र अड्डाअदालतको काममा बिलम्ब हुने सम्भावना छ,आजको शुभ अंक- ९ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
विशिष्ट व्यक्तिको सहभागितामा नयाँ कार्य गर्ने अवसर मिल्नेछ,कर्मप्रतिको आस्था बढ्नेछ,व्यापार–व्यवसायमा सफलता प्राप्ति हुने देखिन्छ, अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ,आजको शुभ अंक – ६ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
उद्योग कल–कारखानामा लगाएको लगानीबाट सफलता मिल्नेछ, सन्तानसुख र आफन्तको सहयोगको मिल्नेछ,शैक्षिक क्षेत्रमा सफलताको योग देखिन्छ,मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ,आजको शुभ अंक- ८ रहेको छ ।

वृश्चिक(तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
काममा जस पाइनेछ,मान्यजन तथा आफन्तको सहयोग मिल्नेछ,सामाजिक दायित्व बढ्ने देखिन्छ,राजनीतिक अन्योल यथावत् रहनेछ,दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ ,आजको शुभ अंक -५ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
अध्ययन–अध्यापनमा राम्रो उन्नति हुनेछ,सांस्कृतिक कार्यमा सहभागिताको अवसर मिल्नेछ,खिन्नता बढ्नेछ, राजनीतिक असमझदारीको सामना गर्नुपर्ने योग छ,आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन,आजको शुभ अंक- ११ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
खानपिनमा अरुचि बढ्ला,स्वास्थ्यमा समस्या देखिएला,पारिवारिक सम्बन्धमा सुधारको संकेत देखिन्छ,कला संगीत साहित्य सिर्जनामा सहभागिताको अवसर जुट्नेछ,लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन, दीर्घकालसम्म अडिलो नबन्न सक्छ,आजको शुभ अंक – १० रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
मान्यजनबाट प्रशस्त सहयोग पाउनुहुनेछ,न्यायिक कार्यमा विवाद उत्पन्न हुनेछ,सामाजिक दायित्वबोधको अनुभूति हुनेछ,दाम्पत्य जीवनमा मनोमालिन्य बढ्नेछ,शरीरमा आलस्य र थकानको अनुभव हुनेछ,धैर्यले काम लिने समय छ,आजको शुभ अंक -७ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
मित्रसँग मनोमालिन्य बढ्नेछ,अध्ययनमा सफलता प्राप्त हुनेछ,वैचारिक तर्क शक्तिको विकास हुनेछ,सामाजिक दायित्व थपिनेछ , सामाजिक कार्यमा समय खर्चिएला,आर्थिक समस्याले पिरोल्ने छ,व्यापारव्यवसायमा सामान्य छ,आजको शुभ अंक- ८ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *