आइतबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार १७ गते,आइतबार, इश्वी सन् २०१८ जुलाई १ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर। उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ तछलागा,आषाढ कृष्णपक्ष, तिथि– तृतीया, १५:२२ बजेउप्रान्त चतुर्थी,नक्षत्र– श्रवण, १९:५६ बजेउप्रान्त धनिष्ठा,योग– विष्कम्भ, २८:४५ बजेउप्रान्त प्रीति, करण– भद्रा, १५:२२ बजेदेखि वव, २८:१७ बजेउप्रान्त वालव, आनन्दादिमा गद योग,चन्द्रराशि– मकर, सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३२ पला।

भोलिको -पञ्चाङ्ग
वि.सं. २०७५ साल असार १९ गते, मंगलबार, इश्वी सन् २०१८ जुलाई ३ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ तछलागा,आषाढ कृष्णपक्ष, तिथि– पञ्चमी, १८:३५ बजेउप्रान्त षष्ठी,नक्षत्र– शतभिषा, २४:१८ बजेउप्रान्त पूर्वभाद्रपदा,योग– आयुष्मान्, २९:११ बजेउप्रान्त सौभाग्य, करण– कौलव, ५:५५ बजेदेखि तैतिल, १८:३५ बजेउप्रान्त गर,आनन्दादिमा मृत्यु योग,चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३० पला। पञ्चक।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,कर्मयोगका थप बाटाहरू खुल्नेछन्, पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ,प्रेम र मित्रताको बन्धन कसिनेछ,आजको शुभ अंक- ११ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना छ,केही तनावबीच काममा जुट्नुपर्ला,रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ,पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ,आजको शुभ अंक -५ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सुरुमा बौद्धिक क्षेत्रमा उन्नति हुनेछ,आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ,प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् ,आजको शुभ अंक – १० रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधुरा कामहरू बन्नेछन्,प्रेमको बन्धन कसिने बेला छ,प्रतिस्पर्धीहरूले हार खालान्,प्रियजनसँगको भेटघाटले साताको सुरुआत रमाइलो रहनेछ,सुखद समाचार सुन्न पाइनेछ,आजको शुभ अंक -७ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,स्थायी सम्पत्तिमा केही विवाद आउला,आफ्नो क्षेत्रमा अरूको प्रभाव बढ्न सक्छ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,आजको शुभ अंक- ८ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य पनि प्रतिकूल रहला,कामको बोझ थपिनेछ,काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ,बोलीमा विचार पुर्याउनु होला, अनावश्यक झमेला थपिन सक्छ, दुःख दिन सक्छन्,आजको शुभ अंक -७ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मातृपितृभक्ति तथा सेवा गर्ने र आर्शिवाद लिनसकिनेछ,धार्मिक,सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,आत्मबल बढ्नेछ, आजको शुभ अंक – ६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च र थकाइ बढ्नेछ, निराश नहुनुहोस्,बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,भेटघाटले प्रसन्नता दिलाउनेछ,आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ, आजको शुभ अंक- ८ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,काममा प्रशंसा मिल्नेछ,राजनीतिकज्ञका लागि सैद्धान्तिक पक्षमा सफलता प्राप्त हुँदै जाने छ,काममा विशेष जिम्मेवारी प्राप्त होला , आजको शुभ अंक – ४ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
ज्ञान–विज्ञान तथा धर्म अध्यात्मका क्षेत्रमा सामान्यतया अलमल वा द्वन्द तथा आशंका बाबजुत पनि प्रगति अधुरा काम सम्पादन गर्न सकिनेछ,टाढिएका आफन्तहरू नजिकिनेछन,आजको शुभ अंक- ९ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,सचेत रहनुपर्नेछ, आजको शुभ अंक-६ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा मौसमी समस्या देखिए पनि भाग्य बलवान् रहनेछ, साथीभाइसँग सम्बन्ध विस्तार हुनेछ,लगानीको राम्रो प्रतिफल उठाउन सकिएला,आजको शुभ अंक- १२ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *