सोमबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार १८ गते,सोमबार, इश्वी सन् २०१८ जुलाई २ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ तछलागा,आषाढ कृष्णपक्ष,तिथि– चतुर्थी, १७:०९ बजेउप्रान्त पञ्चमी, नक्षत्र– धनिष्ठा, २२:१७ बजेउप्रान्त शतभिषा,योग– प्रीति, २९:०७ बजेउप्रान्त आयुष्मान्, करण– वालव, १७:०९ बजेदेखि कौलव, २९:५५ बजेउप्रान्त कौलव, आनन्दादिमा शुभ योग,चन्द्रराशि– मकर, ९:०९ बजेउप्रान्त कुम्भ,सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३१ पला। धनिष्ठा पञ्चक ९:०९ बजे प्रारम्भ। खेलकुद पत्रकार दिवस।

भोलिको -पञ्चाङ्ग
वि.सं. २०७५ साल असार १९ गते, मंगलबार, इश्वी सन् २०१८ जुलाई ३ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ तछलागा,आषाढ कृष्णपक्ष, तिथि– पञ्चमी, १८:३५ बजेउप्रान्त षष्ठी,नक्षत्र– शतभिषा, २४:१८ बजेउप्रान्त पूर्वभाद्रपदा,योग– आयुष्मान्, २९:११ बजेउप्रान्त सौभाग्य, करण– कौलव, ५:५५ बजेदेखि तैतिल, १८:३५ बजेउप्रान्त गर,आनन्दादिमा मृत्यु योग,चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३० पला। पञ्चक।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेम सम्बन्धमा सोचेभन्दा बढि सफलता मिल्ने देखिन्छ,रोजगारी सम्बन्धित कार्य राम्रो हुनेछ,यदि कसैलाई धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ,दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ ,आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कार्य असफल हुने देखिन्छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ, लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
खेलकुद र कलाकारीता को क्षेत्रमा सफलता हुने देखिन्छ, माता, पिताको नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ, धनसम्पति फस्नेखालको योग छ,परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ,आजको शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिदेश जान चाहानेहरुको लागि यो साता राम्रो देखिन्छ,स्वास्थ्य पनि राम्रो रहनेछ,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, दुर्घटनाको सम्भाव्य रहेको छ, अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,राति सुत्दा नराम्रो सपना देख्न सकिने हुँदा दक्षिणमा सिरानी गर्नुभयो भने राम्रो हुनेछ,अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ,कुनै नकारात्मक चिजहरु हुँदैन, प्रेम सम्बन्धमा भने सानो बाधा आउन सक्ने देखिन्छ, कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ,आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बिचार पुर्याउनुहोला,स्वास्थ्य पनि राम्रो हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले -विवाद बढ्न सक्छ, इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिक कार्यबाट हुने सफलता कायम रहनेछ,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,व्यापार व्यावशाय राम्रो हुनेछ,प्रेम सम्बन्धमा सानो बाधा आउनसक्छ,बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् ,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,विदेश यात्रा,सन्तान सुख वैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ, मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भेटघाटमा भ्रमणको सम्भावना रहेको छ,बैबाहिक सम्बन्धमा खासै राम्रो देखिदैन,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना छ,अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रेम सम्बन्ध र बैबाहिक राम्रो हुनेछ,सरकारी क्षेत्रमा केहि कुराको कोशिस गर्दै हुनुहुन्छ भने राम्रो हुने खालको योग छ,धनसम्पति लाभ हुने देखिन्छ,मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन,आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ, कसैलाई धन दिनु पर्ने भयमा गौ माता लाई सम्झेर दिनु होला,प्रेम सम्बन्ध र बैबाहिक सम्बन्ध पनि राम्रो देखिन्छ,अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ,आजको शुभ अंक १ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *