बुधबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ ८ गते,मंगलबार,इश्वी सन् २०१८ मे २२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलाथ्व,अधिक ज्येष्ठ शुक्लपक्ष,तिथि– अष्टमी, २४:०२ बजेउप्रान्त नवमी,नक्षत्र– मघा,२४:०२ बजेउप्रान्त पूर्वफाल्गुनी, योग– ध्रुव, ७:०५ बजेदेखि व्याघात, २८:१९ बजेउप्रान्त हर्षण, करण– भद्रा, १३:०५ बजेदेखि वव, २४:०२ बजेउप्रान्त वालव, आनन्दादिमा कालदण्ड योग,चन्द्रराशि– सिंह,सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३३ घडी ५७ पला।वर्त/पर्व-भौमाष्टमी व्रत,गोरखकाली पूजा।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल असार २० गते,बुधबार,इश्वी सन् २०१८ जुलाई ४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ तछलागा,आषाढ कृष्णपक्ष,तिथि– षष्ठी, १९:३६ बजेउप्रान्त सप्तमी,नक्षत्र– पूर्वभाद्रपदा, २५:५२ बजेउप्रान्त उत्तरभाद्रपदा,योग– सौभाग्य, २८:५४ बजेउप्रान्त शोभन, करण– गर, ७:०९ बजेदेखि वणिज, १९:३६ बजेउप्रान्त भद्रा,आनन्दादिमा पद्म योग, चन्द्रराशि– कुम्भ, १९:३१ बजेउप्रान्त मीन,सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी २९ पला। पञ्चक।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ भने मान–सम्मान पनि पाइनेछ,गाँस्नेहरूले सताउन सक्छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ,साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ,नयाँ जिम्मेवारी पाइएला ,आजको शुभ अंक २ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनपर्ने साथी भेटिए पनि मनको गाँठो खोल्न प्रतीक्षा गर्नुहोला,स्थिति चुनौतीपूर्ण देखिए पनि दाम,रोजगारी र व्यापार/व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ,लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ, कीर्तिमानी काम गर्ने समय छ ,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ भने मित्रता र प्रेमको बन्धन कसिन सक्छ, बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् ,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना पनि देखिन्छ,स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ,मनमा निराशा र वैराग्यका भावना मँडारिने छन्,गोपनीयता भङ्ग हुने खतरा छ,आजको शुभ अंक ८ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ, लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ,प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ,मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ, मानसम्मान पाइने समय छ, सहयोगीहरू जुट्नेछन्, अतिथिका रूपमा सम्मानित भइएला,यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ,आजको शुभ अंक ११ रहेकोछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ, लगानीले दीर्घकालमा फाइदा पुग्नेछ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ,आजको शुभ अंक ९ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सरसापटमा गएको धन फिर्ता उठाउन मुस्किलै पर्नेछ,परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ,हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ, चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ,पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन,आजको शुभ अंक १ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस,विभिन्न अवसर प्राप्त हुनेछन्,विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सचेत रहनुहोला,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,सफलताले उत्साह जगाउनेछ,सानो प्रयत्नले ठूलो काम बन्न सक्छ,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला,नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध विस्तार हुनेछ, ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ,सानो प्रयत्नले ठूलो फाइदा हुनेछ,आजको शुभ अंक ४ रहेकोछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शैक्षिक,प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ,समय उपलब्धिमूलक हुनसक्ला,प्रतिस्पर्धी र शत्रु सक्रिय हुन सक्छन्, त्यसैले आँटेका/ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ,आजको शुभ अंक १० रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *