तपस्या र ध्यानको पवित्र र पावन भूमि नेपाल : अन्तरराष्ट्रिय योग दिवस

yog1

संयुक्त राष्ट्र सङ्घले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यता प्रदान गरेको छ । नेपालले यसअघि नै प्रत्येक वर्ष पुस १३ गते राष्ट्रिय योग दिवस मनाउने घोषणा गरिसकेको थियो । केही संस्थाले भने शिवरात्रिका दिन योग दिवस मनाउने गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र सङ्घको ६९ औँ साधारणसभालाई सम्बोधन गर्ने क्रममा यसको उद्गमथलो नेपाल र भारत भएको बताउँदै योग दिवस मनाउने प्रस्तावलाई विश्वका १ सय ७० भन्दा बढी मुलुकले तत्कालै समर्थन जनाएका थिए ।

हिमालय पर्वत क्षेत्र सबैभन्दा पुरानो सभ्यतास्थल मानिने र कैलाश निवासी शिवबाट योग यही भूमिबाट प्रादुर्भाव भएको मानिन्छ । योगका सबैभन्दा बढी अभ्यासीमा नेपालका गोरखनाथलाई लिइन्छ । तपस्या र ध्यानको सबैभन्दा पवित्र पावन भूमि नेपाल हो भन्ने गरिँदै आएको छ । अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘शान्ति र सद्भावका लागि योग’भन्ने रहेको छ । आजको दिन विश्वका करोडौँ मानिस योगको आह्वान गर्दै उपासनामा सलंग्न रहने अपेक्षा गरिएको छ ।

अहिले योगदर्शन विश्वभर फैलिएको छ । योगले जीवनलाई उत्कृष्ट बनाउन, तनावलाई कम गर्न, चित्त सफा तुल्याउन र संस्कार संस्थापित गर्न योगदान पुर्‍याउँछ । योगको साधना र फैलावट धेरै ठूलो भएकाले सबै क्षेत्रमा योगलाई समेट्नु पर्ने चुनौतीलाई सामना गर्न आयुर्वेद विभागअन्तर्गत एउटा स्वतन्त्र संस्था स्थापना गरेर योगका बारेमा शोध, अनुसन्धान र तालिम प्रदान गर्ने व्यवस्थाका लागि माग हुँदै आएको छ । खानपिन र जीवनशैलीमा आएको परिवर्तनसँगै योग साधना अहिले समाजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ । योगले मानिसको मन, मस्तिष्क र समाजलाई जोड्ने काम गर्नाका साथै तन र मनलाई निरोगी बनाउने भएकाले यसको महिमा बढी नै रहेको योगसाधक बताउछन् ।

योगाभ्यासले औषधिबिना रोग निको पार्ने काम गर्छ । मनलाई नियन्त्रणमा राखेर अघि बढ्ने सबैभन्दा अचूक र प्रभावकारी साधनाका रुपमा योगलाई लिन्छ । खास गरेर योगाभ्यास बिहानको समयमा गर्न उपयुक्त हुने भए पनि फुर्सदको समय निकालेर जुनसुकै अवस्थामा गर्न सकिने विज्ञ बताउँछन् ।शारीरिक र मानसिक स्वस्थ्य राख्नाका साथै व्यक्ति र समाजमा सुख, शान्ति, सद्भाव र समृद्धि दिलाउन योगाभ्यासले सहयोग पुर्‍याउ छ। रिस र आवेगलाई तत्काल नियन्त्रण गर्न ठूलो मद्दत गर्न योगाभ्यासमा सबैको पहुँच विस्तार गर्न सरल, सुलभ तुल्याउन योगसम्बन्धी अनुसन्धान गर्न र तालिम दिन आवश्यक रहेको छ।

धार्मिक बिश्वास अनुसार भगवान शिव् द्वारा अनुसरण् गरिएको पद्धति|योग शब्दको सामान्य अर्थ सम्बन्ध हो । तर महषिर् पतञ्जलीको सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महषिर् पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगलेचित्तवृत्तिको निरोध गर्दछ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो ।

हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग ।केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । एक विद्वान्काअनुसार योगको वास्तविक अर्थ हो, जोड्नु, मिल्नु वा एकाकार हुनु, यहाँ पुनः अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्थानै योग हो भनेका छन् ।

श्री मदभगवत्गीतामा मुख्य तीन प्रकारका योगलाई मानिसको जीवनमा उतारिएको पाइन्छ ।

कर्मयोग,
ज्ञानयोग र
भक्तियोग
यसरी गीताले कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । यसरी गीताले शिक्षाद्वारा आफ्नो सम्पूर्ण जनतामा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनु भनिएको पाइन्छ ।यसरी नै भक्तियोगको विषयमा गीता भन्दछ कि यदि कोही व्यक्ति भगवान्को सान्निध्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तःकरणमा निरन्तर भगवानको चिन्तन गर्छन् उही योगी परमसिद्ध भनिन्छन् ।

पतांजलि का अनुसार् ‘अष्टांग योग”(“आठ-अंगित योग” वा आठ अङ्ग) देहाय बमोजिम छन|

१.यमा (पांच “परिहार”): अहिंसा, सत्य बोली(झूठ नबोल्नु),गैर लोभ, गैर विषयासक्ति, र् गैर स्वामिगत

२.नियमा (पांच “धार्मिक क्रिया”): पवित्रता, सन्तुष्टि, तपस्या, अध्ययन, र भगवानको आत्मसमर्पण

३.आसन : अर्थ “बस्ने आसन”, र पतांजलि सूत्रमा ध्यानको मतलब स्थिर स्थिति.

४.प्राणायामा (“सांसको स्थगित गर्नु”): प्राणा ,सांस, “अयामा “,को नियन्त्रित गर्नु . साथ नैं जीवन शक्तिको नियन्त्रण करने की व्याख्या गरियो है।

५.प्रत्यहारा (“अमूर्त”):वाहृय वस्तु द्वारा भावना अङ्गको प्रत्याहार.

६.धारणा (“एकाग्रता”): एक चित्त

७.ध्याना:गहन चिंतन.

८.समाधि(“विमुक्ति”):ध्यान कोवस्तुको चैतन्यको साथ विलय

योग आसन
योगको ८४ आसन भगवान शिव् वाट संसारीक जीवलाई प्राप्त भयेको विश्वास गरिएको छ |

संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा बुझिन्छ । वास्तवमा योगले जीवात्मालाई परमात्मासंग जोड्छ । यस जोड्ने क्रियालाई योग भनिन्छ ।
योगश्चित्तवृत्ति निरोधः ।।योगसूत्र ।।

चित्त वृत्तिको निरोध नै योग हो । यो भनाई हो पतञ्जलिको । योगको उद्देश्य चित्त वृत्तिहरुको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डोर्याउनु नै योग हो ।

यौगिक क्रियाको वैज्ञानिक व्याख्या सर्वप्रथम पतञ्जलिले योग सूत्रमा गरेका हुन् । यस पुस्तकका संसारका सबै भाषाहरुमा अनुवाद भइसकेको छ । व्यास र वाचस्पति मिश्रले यस ग्रन्थको सबभन्दा पहिले व्याख्या गरेका हुन् । त्यस पछि अनेक व्याख्या गरिएको छन् । जैन गुरु हेमचन्द्रले यसलाई जैन धर्मको ध्यानविधिमा प्रयोगमा ल्याएका हुन् । अरु संस्कृतिको कुनै पनि कुरा स्वीकार नगर्ने यहुदी समुदायले समेत योगसूत्रको अनसावद गरेर यसलाई व्यवहारमा ल्याइरहेका छन् ।

यसलाई योग र ध्यानका आधारको रुपमा लिइएको छ । पहिलो योग सूत्रको रचयिता भगवान शिवलाई मानिन्छ । शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । महावीर जैनको पनि ध्यानका मूर्तिहरु पाइन्छन् । भगवान् बुद्धको ध्यान मूर्ति विश्वप्रसिद्ध नै छ । यसै गरी योगशास्त्र भने भगवान् कृष्णको योगदान मानिन्छ र उनलाई योगेश्वर भनिन्छ । उनको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । योग सूत्रमा बताएका अधिकांश कुरा गीतामा पनि छन् । यस प्रकार अप्रत्यक्ष रुपमा अन्तराष्ट्रिय योग दिवस गीताका उपदेशको सामान्य स्वीकृति पनि हो ।

योगका केही प्रचलनहरु

वर्तमान समयमा योगका केही वर्तमान प्रचलनहरु यस प्रकार छन्

विपश्यना ध्यान,
कुण्डिलीनी ध्यान,
राजयोग ध्यान,
भावातीत ध्यान
सक्रिय ध्यान
ज्योतिध्र्यान
सहजध्यान
सुदर्शन ध्यान

योग र ध्यानबाट फाइदा

योगलाई आज शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले सर्वाधिक महत्त्वपूर्ण मानिन्छ । यूरोपका देशहरुले योगासन गर्नका लागि सार्वजनिक स्थलहरु निर्माण गरेका छन् । खडी देशहरुमा योगासनको माध्यमबाट शयकडौं मानिसहरुले स्वास्थ्यलाभ गरिरहेका छन् । योग र ध्यानबाट निम्नलिखित फाइदा प्राप्त हुने कुरालाई आधुनिक चिकित्सापद्धति र व्यवस्थापन शास्त्रका दृष्टिले समेत स्वकार गरिएको छ–

राम्रो स्वास्थ्य
कार्यक्षमतामा वृद्धि
चिन्ताबाट छुटकारा
मानसिक शान्ति
रोग प्रतिरोध क्षमतामा वृद्धि
तन, मन र आत्मा बीचको लयात्मकता
अनावश्यक विचारबाट मुक्ति
सकारात्मक सोचको विकास
ऊर्जाको केन्द्रीकरण
आन्तरिक शक्तिको सञ्चार
आफ्नो परिस्थितिलाई ठीक ठीक बुझ्ने क्षमताको विकास
आत्म ज्ञान प्राप्ति

पतञ्जलि योग सूत्रको संक्षेप

तर पतञ्जलिले दिएका जम्मा १९५ सूत्र छन् । यसलाई उनले चार खण्डमा विभाजित गरेका छन्– १. समाधि पाद ५१ २. साधन पाद ५५ ३. विभूति पाद ५५ ४. कैवल्यपाद ३४ पतञ्जलि योगसूत्रमा योगका आठ चरणलाई निम्नलिखित प्रकारले बताइएको छ । १. यम २. नियम ३. आसन ४. प्राणायाम ५. प्रत्याहार ६. धारणा ७. ध्यान ८. समाधि

यम
भनेको अठोट हो । यसका लागि व्यक्तिले निम्नलिखित आचरण गर्नु पर्छ
अहिंसा, अस्तेय, सत्य, ब्रह्मचर्य, अपरिग्रह

नियम
अर्को चरण हो नियम यसका निम्नलिखित पांच नियम छन् शुद्धता, सन्तोष, तप, स्वाध्याय, ईश्वर प्रणिधान

आसन
यी सबै प्राप्ति पछि स्थिर र सुख आसनमा बसेर ध्यान गर्नु पर्छ । यसका लागि ओंकार सहायक हुन्छ ।

प्राणायाम

प्राणायाम श्वास पश्स्वास क्रिया हो । श्वास प्रश्वास क्रियालाई शान्त भएर हेर्नु पर्छ यो नै प्राणायाम हो । यसका लागि विस्तारै सांस भित्र तान्ने, शरीर भित्र एक छिन राख्ने र विस्तारै बाहिर निकाल्ने यी ती क्रिया गरिन्छ ।

प्रत्याहार

यस विधिमा इन्द्रियलाई इन्द्रियार्थ गराउनु पर्छ । भोगले इन्द्रिय नभोगुन् बरु इन्द्रियले भोगलाई भोगुन् । प्रति आहार । हाम्रो आहारको गति विपरीत हुन जाओस् ।

धारणा

प्रत्याहार पछि योगी अन्तर्मुख हुन थाल्छ । त्यसैले सूक्ष्म अति सूक्ष्म भित्रको शून्यमा ध्यान केन्द्रित गर्दै गर्न थाल्नु पर्छ । यसलाई धारणा भनिन्छ ।

ध्यान

अन्तर्यामी ब्रह्ममा मन र चित्तलाई एकाग्रचित्त गराउनु नै ध्यान हो । यो क्रिया नभएर अक्रिया हो । यस अघिको प्रत्येक चरण क्रिया हो तर ध्यानमा पुगेपछि त्यही क्रिया अब अक्रिया हुन जान्छ ।

समाधि

यस पछि आनन्दमय, ज्ञानमय, ज्योतिर्मय, शान्तिमय जुन स्वरुपमा पुगिन्छ त्यसपछि पूर्ण तृप्ति, र पूर्ण आनन्द प्राप्त हुन्छ । अर्थात् त्यसपछि केही पनि प्राप्त गर्न बांक िरहंदैन । त्यहां पुगिसकेको मन प्राण फेरि व्यवहारभूमिमा फर्कन गाह्रो हुनछ । यस अवस्थामा पुगेका योगीहरु कैयौं दिन खानपिन छोडेर त्यत्तिकै बस्न सक्छन् । जब ध्यान भंग हुन्छ उनीहरु पुनः जाग्रत हुन जान्छन् ।

यो धार्मिक ग्रन्थ मानिन्छ तर कुनै सम्प्रदायसंग यसको सम्बन्ध छैन । यो शारीरिक योग मुद्राको शास्त्र पनि होइन । यो आत्मा र परमात्माको योगको विषयमा मात्र हो । तर यसमा बताइएको समाधि प्राप्ति गर्ने अधिकार ईश्वरवादी र निरीश्वरवादी दुवैलाई छ ।

वर्तमान समयका अनेक सन्त महापुरुष र आध्यात्मिक गुरुहरुले पातञ्जल योग सूत्रका आधारमा ध्यानका विधिहरुको आधुनिक परिप्रेक्ष्यमा विकास गर्ने प्रयास गरेका छन् । स्वामी रामकृष्ण र स्वामी विवेकानन्दले ध्यानका विधिहरुको विकास गरे । यस बाहेक महर्षि अरविन्द, रमण महर्षि, महर्षि महेश योगी, सत्य साई, ओशो रजनीश, पाइलटबाबा, र रविशंकरजी महाराजले पनि ध्यान विधिका विकास गरेका छन् । तर वर्तमान समयमा योग र आसनलाई सार्वजनिक गरी अन्तर्राष्ट्रियकरण गर्ने श्रेय निश्चित रुपमा स्वामी रामदेव र आचार्य बालकृष्णलाई जान्छ । योगसंग सम्बन्धित साहित्य, चिकित्सापद्धति, प्रशिक्षक, आहार लगायत सबै कुरा आचार्य बालकृष्ण र स्वामी रामदेवले दिव्य योग मन्दिर र पतञ्जलि योग पीठको माध्यमबाट प्रदान गर्नु भएको छ । यसलाई योग दिवसको रुपमा अन्तर्राष्ट्रिय दिवसको रुपमा मान्यता प्रदान गर्ने काम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन् ।

उपसंहार

योगासनलाई जीवनमा उतार्ने र सो अनुसार हठयोग सम्प्रदाय सुरु गर्ने सन्त शंकरावतार गुरु गोरखनाथ नै हुन् । उनको सम्प्रदायलाई योग सम्प्रदाय भनिन्छ । भगवान् शिवदेखि गुरु गोरखनाथसम्मको योगदानलाई ध्यानमा राखेर नेपालका योग प्रेमी पोखरेलले अन्तर्राष्ट्रिय योग दिवस पुस १६ गते मनाउने परम्परा सुरु गरेका हुन् तर सं.रा.स.बाट अनुमोदन गराउन सरकारको प्रयास भएको थिएन । यसलाई योग दिवसको रुपमा अन्तर्राष्ट्रिय दिवसको रुपमा मान्यता प्रदान गर्ने काम भारतले गरेको हो ।

योग आसन सम्बन्धी विशेष जानकारी
१ योग आसन ब्यायामको लागि कम से कम १५ मिनेटदेखि ३० मिनेटको समय धेरै नै हुन्छ ।

२ योग आसन -ब्यायाम गर्नको लागि बिहानको समय नै राम्रो हुन्छ तर मेरो अनुभव दिनमा शरिरमा लचकता हुन्छ दिनमा गर्दा पनि फरक पर्दैन ।

३ योग आसनपछि ध्यान वा प्रार्थना गर्नु पर्छ ।

४ योग आसन धेरै हावा चलेको ठाउँमा गर्नु हुदैन ।

५ योग आसन खाना खानुभन्दा अगाबै खाना खाएको ४-५ घण्टापछि गर्नु पर्छ ।

६ योग आसन एकै दिन धेरै गर्नु हुँदैन बिस्तारै समयलाई बडाउदै गर्नु पर्छ ।

७ हृदय रोग, उच्च रक्तचाप, निम्न रक्तचाप भएको बिरामीले गुरुको परामर्स बिना गर्नु हुँदैन ।

८ महिलाहरुले मयुर आसन र सिद्धआसन गर्नु हुँदैन ।

९ योग आसन जहिले पनि शान्त मन र प्रसन्नचित्त भएर स्वच्छ वाताबरणमा गर्नुपर्छ ।

१० योग आसन गर्ने साधकले सप्ताहमा एउटा बार फलहार वा उपवास गर्दा लाभदायक हुन्छ ।

११ योग आसन समतल भुमीमा कम्बल अथवा दरी बिछ्याएर गर्नुपर्छ ।

१२ योग आसन गर्दा जोड लाउनु हुदैन जोड लाउदा लाभको स्थानमा हानी हुन्छ ।

१३ योग आसन गरे पछि शवआसन गर्दा धेरै नै लाभदयक छ ।

कुन आसन कुन रोगीले गर्दा लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *