दिब्य निरोग नेपालको राष्टिय तथा अन्तरराष्टिय समन्वयकर्तामा प्रा. डा. राम प्रसाद उप्रेती

प्रकाश सिग्देल

दिव्य निरोग नेपालले प्राकृतिक चिकित्सा,गुरुकुलम तथा गौसाला निर्माण अभियान लाइ प्रभावकारी भूमिकामा काम गर्ने भयको छ । प्राकृतिक चिकित्सालयको समूद्धघाटन असोज १५ गते घटस्थापनाको दिन गर्ने भयको छ । असोज १६ गते देखि २० गते सम्म प्राकृतिक चिकित्सा अन्तर्गत ” काया कल्प शिविर ” संचालन गर्ने भयको छ । शिविरमा प्राकृतिक चिकित्सा,जल चिकित्सा,यज्ञ चिकित्सा,सुर्य किरण चिकित्सा,शुद्द हुने कार्य,ध्यान,योग तथा स्वास्थ्य अन्तर्गत विषेस उपचार गरिनेछ । सचिव कैलाश पनेरुले जानकारी गराउनु भयको छ । शिविरमा ज्योतिष तथा प्राकृतिक चिकित्सक डा.कृष्ण प्रसाद आचार्य ,योगचार्य डा. विनोद कुमार शर्मा तथा प्रा.डा.राम प्रसाद उप्रेदी ज्यु बाट १६ गते देखि २० गते सम्म उपचार,रोग तथा धर्मको विषेस जानकारी हुनेछ ।14365232_1215600068483219_258100524_n

असोज २ गते बाट दिब्य निरोग नेपालको  राष्टिय तथा अन्तर राष्टिय सस्थाहरु संग पारसपरीक सहयोग आदान प्रदान गर्ने आजीवन समन्वयकर्तामा पूर्व प्रमुख महाराजगंज मेडिकल क्याम्पस प्रा. डा. राम प्रसाद उप्रेती ज्यू लाइ जिम्मा प्रमुख संरक्षक तपस्सी  नागाबाबा महन्त कल्याणपुरी महाराज तथा कार्य समिति वाट निर्णय गरि दियको अध्यक्ष डा.कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।दिब्य निरोग नेपालको मुख्य कार्यलय पशुपति क्षेत्र गौसाला रहेको जानकारी समेत गरियको छ ।दिब्य निरोग नेपालको शाखा कार्यालय सुडाल ५ मनिकार्णिका धाम भक्तपुरमा प्राकृतिक चिकित्सालय,गुरुकुलम तथा गौसाला निमार्ण अभियान गरेको छ । प्राकृतिक तवर बाट मानिसको उपचार गरी स्वास्थ्य र निरोगी बनाउने उदेश्य अनुरुप प्राकृतिक चिकित्सालय निमार्ण गरिएको दिब्य निरोग नेपालका अध्यक्ष तथा संरक्षक डा.कृ ष्ण प्रसाद आचार्यले बताउनु भयो । प्राकृतिक चिकित्सालयको असोज १५ गते उद्धघाटन गर्ने उहाको भनाई छ । चिकित्सालय सञ्चालन संगै हरेक महिनाको एक हप्ता निसुल्क सिबिर सञ्चालन, र अन्य समय नियमित स्वास्थ्य उपचार गरिने उहाले जानकारी दिनु भयो । नागाबाबाको संरक्षणमा रहेको मनिकार्णिका धामको करिव ३८ रोपनी जमिनमा प्राकृतिक चिकित्सालय,गुरुकुलम तथा गौसाला निमार्ण गरिने संस्थाका विशेष सहयोगी अर्जुन प्रसाद अधिकारीले बताउनु भयकोछ ।1474034784_14348814_424374174400026_1433348922_n

प्राकृतिक चिकित्सा अन्तर्गत योग चिकित्सा,काया कल्प शिविर, शुद्ध हुने कार्य,स्थानिय माटो चिकित्सा,यज्ञ चिकित्सा पद्धतीबाट उपचार गरिने बताईएको छ । त्यस्तै गुरुकुलम निमार्ण गरी पुर्वीय दर्शनका बेद पुराण, ज्योतिष, ब्याकरण, साहित्य, वास्तुशास्त्र, प्राकृतिक चिकित्सा,विषेस स्वास्थ्य जानकारी आदी धार्मीक र बैज्ञानिक बिषयहरुलाई नया पुस्तामा हस्तान्तरण गर्ने संस्थाको प्रमुख उदेश्य रहेको संस्थाका कोषाध्यक्ष अधिवक्ता रिता भट्टराईले जानकारी दिनुभयो ।1474034783_14365421_424374164400027_1716888996_n

त्यस्तै गौशाला निमार्ण गरी स्थानिय जातका गाईलाई संरक्षण समेत गरिने संस्थाले मनिसलाई सारिरिक तथा मानसिक रुपमा तन्दुरुस्ती,प्रकृति संगको निकटता, अनुशासन, प्रकृति बेद, प्राकृतिक चिकित्सा पद्धती, आयुर्वेद, भोजन सम्बन्धि प्रवचन परामर्श, तालिम सम्बन्धी शिबिर सञ्चालन गर्ने तथा मानिसलाई योग प्राकृतिक चिकित्सा,आर्युबेद तथा बैकल्पिक थेरापीका बारेमा सुसुचित गर्न पत्रपत्रिका खोज , अनुसन्धानमुलक ग्रन्थ, बृत चित्र निमार्ण गरी प्रकासन प्रसारण गर्ने । पुस्तकालय तथा अनुसन्धान केन्द्रहरु स्थापना गर्ने । समान उदेश्य भएका राष्ट्यि तथा अन्तराष्ट्यि संघ ,संस्थाहरुसंग सम्बन्ध स्थापित गर्ने लगाएतका संस्थाका उदेश्यहरु रहेको संस्थाका सचिव कैलास पनेरुले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *