दिव्य दैनिक राशिफल

kali67

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

अाजको पञ्चाङ्ग
वि.सं. २०७३ साल फागुन २७ गते, शुक्रवार,इश्वी सन् २०१७ मार्च १० तारिख,शकसंवत् १९३८, सौम्य संवत्सर, उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३७ चिल्लाथ्व, फाल्गुण शुक्लपक्ष, तिथि– त्रयोदशी, २०:५२ बजेउप्रान्त चतुर्दशी, नक्षत्र– अश्लेषा, १७:१३ बजेउप्रान्त मघा,योग– अतिगण्ड, ७:३० बजेदेखि सुकर्मा २९:३३ बजेउप्रान्त धृति, करण– कौलव, ९:२३ बजेदेखि तैतिल, २०:५२ बजेउप्रान्त गर, आनन्दादिमा मृत्यु योग, चन्द्रराशि– कर्कट, १७:१३ बजेउप्रान्त सिंह, सूर्योदय– ६:२१ बजे, सूर्यास्त– १८:०९ बजे र दिनमान २९ घडी २९ पला। प्रदोष व्रत।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७३ साल फागुन २८ गते,शनिवार,इश्वी सन् २०१७ मार्च ११ तारिख,शकसंवत् १९३८, सौम्य संवत्सर,उत्तरायण,शिशिर ऋतु ,नेपाल संवत् ११३७ चिल्लाथ्व,फाल्गुण शुक्लपक्ष, तिथि– चतुर्दशी, २०:१० बजेउप्रान्त पूर्णिमा,नक्षत्र– मघा, १७:०६ बजेउप्रान्त पूर्वफाल्गुनी,योग– धृति, २७:५९ बजेउप्रान्त शूल, करण– गर, ८:२७ बजेदेखि वणिज, २०:१० बजेउप्रान्त भद्रा, आनन्दादिमा पद्म योग, चन्द्रराशि– सिंह, सूर्योदय– ६:२० बजे, सूर्यास्त– १८:०९ बजे र दिनमान २९ घडी ३३ पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
धोका पाइने सम्भावना छ,अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ,प्रेम र मित्रताको बन्धन कसिने समय छ, आजको शुभ अंक – १० रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक -७ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,आजको शुभ अंक -५ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउन सक्छ,सचेत रहनुहोला,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आजको शुभ अंक- १ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ ज्ञान सिक्ने मौका छ,पढाइलेखाइमा प्रगति होला,गुरुजनको साथ पाइनुका साथै बौद्धिक कार्यमा सफलता मिल्नेछ,आजको शुभ अंक- १२ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सुखद समाचारले अझ उत्साह बढ्नेछ,धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला,रचनात्मक काम सुरु गर्ने मौका छ, आजको शुभ अंक- ९ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम,नाम र प्रतिष्ठा कमाउने बेला छ,रमाइलो भ्रमण सम्भावना छ,व्यावसायिक यात्रा सम्भावना छ,आजको शुभ अंक- ८ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रुबाधा स्वतः हटेर जाला,अधुरा काम सम्पादन गर्न सकिनेछ, शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,आजको शुभ अंक- ५ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्,आजको शुभ अंक – ४ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आँटेका काम तत्काल बन्नुका साथै थप काम गर्ने जाँगर बढ्नेछ, रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,आजको शुभ अंक – ६ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, टाढिएका साथीभाइ नजिकिनेछन्,आजको शुभ अंक- ११ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
गोपनीयतामा ध्यान दिनुहोला,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,आजको शुभ अंक-६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *