दिव्य दैनिक राशिफल

Meaning-of-OM

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

अाजको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत १४ गते,सोमवार,इश्वी सन् २०१७ मार्च २७ तारिख,शकसंवत् १९३८, सौम्य संवत्सर,उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३७ चिल्लागा, चैत्र कृष्णपक्ष, तिथि– चतुर्दशी, १०:०३ बजेउप्रान्त औंसी, नक्षत्र– पूर्वभाद्रपदा, १५:०० बजेउप्रान्त उत्तरभाद्रपदा, योग– शुक्ल, २१:२८ बजेउप्रान्त ब्रह्म, करण– शकुनि, १०:०३ बजेदेखि चतुष्पद, २१:२६ बजेउप्रान्त नाग, आनन्दादिमा मुसल योग, चन्द्रराशि– कुम्भ, ९:०७ बजेउप्रान्त मीन,सूर्योदय– ६:०२ बजे, सूर्यास्त– १८:१८ बजे र दिनमान ३० घडी ४० पला।वर्त/पर्व- दर्शश्राद्ध, भद्रकालीपीठमा लिङ्गो उत्थान गर्ने, घोडे जात्रा, निशि बार्ने औंसी।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत १५ गते, मंगलवार,इश्वी सन् २०१७ मार्च २८ तारिख, शकसंवत् १९३८, सौम्य संवत्सर, उत्तरायण,वसन्त ऋतु, नेपाल संवत् ११३७ चिल्लागा,चैत्र कृष्णपक्ष, तिथि– औंसी, ८:४३ बजेउप्रान्त प्रतिपदा,नक्षत्र– उत्तरभाद्रपदा, १४:१८ बजेउप्रान्त रेवती,योग– ब्रह्म, १९:०६ बजेउप्रान्त ऐन्द्र,करण– नाग, ८:४३ बजेदेखि किंस्तुघ्न, १९:५५ बजेउप्रान्त वव, आनन्दादिमा सिद्धि योग,चन्द्रराशि– मीन, सूर्योदय– ६:०१ बजे, सूर्यास्त– १८:१९ बजे र दिनमान ३० घडी ४४ पला। वर्त/पर्व-पञ्चक, स्नान–दान गर्ने र हलो बार्ने औंसी।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
कृषिमा कामको चाप बढ्न सक्छ, परिवारमा दाजुभाइको सहयोग आजका लागि लाभदायक बन्न सक्छ,आजको शुभ अंक- ५ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि खर्चनुपर्ला,चिताएको मूल्य प्राप्त नहुन सक्छ,आजको शुभ अंक -५ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तालमेल नमिल्दा योजना सुरु गर्न समय पर्खनुपर्ला, आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्,आजको शुभ अंक- १२ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ,परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ,सक्छ,आजको शुभ अंक -७ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, परिश्रमले कीर्तिमानी दिलाउनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ,प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक- १ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ,पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ,आजको शुभ अंक – ६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसम्मानमा आघात पुग्ने सम्भावना छ,पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ,सजग रहनुहोलाआजको शुभ अंक- ८ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेमी बाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ,काममा टाढाको यात्रा हुने सम्भावना छ,आजको शुभ अंक- ११ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ,व्यवसायमा लाभ हुनेछ,आजको शुभ अंक – ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भेटघाटमा अलमलिनाले लक्ष्यमा बाधा पुग्नेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक – १० रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बलजफ्तीले मात्र काम सफल नहुन सक्छ,स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला,आजको शुभ अंक-६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *