जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!
अाजको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत १५ गते, मंगलवार,इश्वी सन् २०१७ मार्च २८ तारिख, शकसंवत् १९३८, सौम्य संवत्सर, उत्तरायण,वसन्त ऋतु, नेपाल संवत् ११३७ चिल्लागा,चैत्र कृष्णपक्ष, तिथि– औंसी, ८:४३ बजेउप्रान्त प्रतिपदा,नक्षत्र– उत्तरभाद्रपदा, १४:१८ बजेउप्रान्त रेवती,योग– ब्रह्म, १९:०६ बजेउप्रान्त ऐन्द्र,करण– नाग, ८:४३ बजेदेखि किंस्तुघ्न, १९:५५ बजेउप्रान्त वव, आनन्दादिमा सिद्धि योग,चन्द्रराशि– मीन, सूर्योदय– ६:०१ बजे, सूर्यास्त– १८:१९ बजे र दिनमान ३० घडी ४४ पला। वर्त/पर्व-पञ्चक, स्नान–दान गर्ने र हलो बार्ने औंसी।
भोलिको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत १६ गते,बुधवार, इश्वी सन् २०१७ मार्च २९ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३७ चौलाथ्व,चैत्र शुक्लपक्ष, तिथि– प्रतिपदा, ७:०२ बजेदेखि द्वितीया २९:०३ बजेउप्रान्त तृतीया, नक्षत्र– रेवती, १३:१४ बजेउप्रान्त अश्विनी, योग– ऐन्द्र, १६:२९ बजेउप्रान्त वैधृति,करण– वव, ७:०२ बजेदेखि वालव, १८:०४ बजेपछि कौलव २९:०३ बजेउप्रान्त तैतिल, आनन्दादिमा उत्पात योग, चन्द्रराशि– मीन, १३:१४ बजेउप्रान्त मेष,सूर्योदय– ६:०० बजे, सूर्यास्त– १८:१९ बजे र दिनमान ३० घडी ४८ पला। वर्त/पर्व-निमको पात खाने र तेल लगाउने (तैलाभ्यंग) सांस्कृतिक दिवस, चोभारमा आदिनाथ–स्नान,भद्रकाली पीठमा लिङ्ग पातन गर्ने, साधारण नामक नव संवत्सर प्रारम्भ,धनिष्ठा-पञ्चक १३:१४ बजे समाप्ति।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
विवाद हुने, शत्रुले आक्रमण गर्ने, झूटा आरोप–प्रत्यारोप लाग्ने भएकाले सकेसम्म थोरै बोल्नु उचित हुनेछ,आर्थिक कारोबारमा सकेसम्म अघि नबढ्नु नै बुद्धिमानी होला,आजको शुभ अंक- ८ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सोच्ने शक्तिमा कमी आउनाले, समयमा निर्णय नहुने, समयमा निर्णय नहुँदा महत्त्वपूर्ण काम बिग्रनेछ, विश्वासमा धोका हँदा प्रतिष्ठामा आँच आउन सक्छ ,आजको शुभ अंक – १० रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनावश्यक विवादको सामना पनि गर्नुपर्नेछ,घर झगडा तीव्र भई घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ, परिवारहरू पनि विना कारण टाढिनेछन् ,आजको शुभ अंक- १ रहेको छ ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नोकरी तथा राजनीतिमा आफूले गरेको उचित कामलाई गलत व्याख्या गर्दै मुद्दा–मामलामा फसाउन शत्रु सक्रिय हुनेछन्,आजको शुभ अंक – ४ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरघरेडी जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै प्राप्त होला,नोकरीमा सबै समस्यालाई पार गर्दै आफ्नो लक्ष्यमा पुग्ने प्रयास पनि सफल हुने देखिन्छ,आजको शुभ अंक – ६ रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
राजनीतिमा आफ्नो वर्चश्व कायम राख्न पनि गोपनीयता नै अपनाउनु पर्ला, व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ, विदेशयात्राको अवसर मिल्नेछ, आजको शुभ अंक- १२ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पतिपत्नीबीच विवाद बढ्नेछ, संयम नभएमा बिछोडको स्थिति आउन सक्छ , पेटसम्बन्धी रोगले सताउनेछ, मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ,आजको शुभ अंक- ९ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धनमाल चोरी हुनसक्ने भएको आफूलाई सधैँ चनाखो राख्नुपर्ला ,नोकारीमा बुद्घि नपुर्याएमा पदमुक्त हुने सम्भावनाका साथै अप्ठ्यारो स्थानमा स्थानान्तरण हुने योग छ ,आजको शुभ अंक- ५ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अनावश्यक विवाद र फजुल खर्चले तनाव निकै बढ्नेछ , कामका बीचमा प्रशस्तै अवरोध आउनेछन् दाजुभाइसँगको सम्बन्ध पनि बिग्रनेछ , सेवकहरू छन् भने उनीहरूले पनि धोका दिनेछन्,आजको शुभ अंक-६ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सामाजिक कार्यमा सोचेभन्दा बढी सफलता मिल्नुका साथै राष्ट्रिय सम्मानसमेत प्राप्त हुने सम्भावना छ, विशेषगरी स्वास्थ्यसम्बन्धी अध्येतालाई अनुकूल समय जुरेको छ,आजको शुभ अंक -७ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कामको बीचमा प्रशस्त विघ्नबाधाको सामना गर्नुपर्नेछ , सेवकहरूबाट धोका हुने, दाजु–भाइहरूबीच द्वन्द्व हुने, हड्डी कमजोर हुनुका साथै शरीरमा शिथिलताले दरिलो डेरा जमाउनेछ ,आजको शुभ अंक -५ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक व्यक्तिहरूले धार्मिक र सामाजिक कार्यमा ऐतिहासिक सफलता हासिल गर्नेछन्,तीर्थयात्राको अवसर पनि मिल्नेछ, वैदेशिक कार्यमा राम्रो सफलता मिल्नेछ, आजको शुभ अंक- ११ रहेको छ ।