दिव्य दैनिक राशिफल

kundali_1

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

अाजको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत १८ गते,शुक्रवार, इश्वी सन् २०१७ मार्च ३१ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण। वसन्त ऋतु,नेपाल संवत् ११३७ चौलाथ्व, चैत्र शुक्लपक्ष, तिथि– चतुर्थी, २४:३० बजेउप्रान्त पञ्चमी,नक्षत्र– भरणी, १०:२४ बजेउप्रान्त कृत्तिका,योग– विष्कम्भ, १०:४० बजेउप्रान्त प्रीति, करण– वणिज, १३:४१ बजेदेखि भद्रा, २४:३० बजेउप्रान्त वव,आनन्दादिमा मुद्गर योग,चन्द्रराशि– मेष, १६:०० बजेउप्रान्त वृष, सूर्योदय– ५:५८ बजे, सूर्यास्त– १८:२० बजे र दिनमान ३० घडी ५६ पला।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत १९ गते, शनिवार,इश्वी सन् २०१७ अप्रिल १ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३७ चौलाथ्व,चैत्र शुक्लपक्ष, तिथि– पञ्चमी, २२:०५ बजेउप्रान्त षष्ठी, नक्षत्र– कृत्तिका, ८:४५ बजेउप्रान्त रोहिणी, योग– प्रीति, ७:३६ बजेदेखि आयुष्मान् २८:२९ बजेउप्रान्त सौभाग्य, करण– वव, ११:१८ बजेदेखि वालव, २२:०५ बजेउप्रान्त कौलव, आनन्दादिमा ध्वज योग, चन्द्रराशि– वृष, सूर्योदय– ५:५७ बजे, सूर्यास्त– १८:२१ बजे र दिनमान ३१ घडी ०० पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
तपाईको लागि आजको दिन ठिकै रहेको देखिन्छ, कामबाट आर्थिक लाभ मिल्ने खालको समय रहेको देखिन्छ ,काम ढिला गर्नु बानी छ भने हटाउनु होला, आजको शुभ अंक -७ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन ठिकै रहेको देखिन्छ , गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ , सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ,आजको शुभ अंक- ९ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यात्राको लागि एकदम राम्रो समय रहेको देखिन्छ ,सामाजिक कार्यमा मन जाने छ, वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ, विचार गर्नु होला,आजको शुभ अंक-६ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन सामान्य रहेको देखिन्छ , केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ , तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ,आजको शुभ अंक- ५ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईको लागि आजको दिन राम्रो रहेको देखिन्छ, केहि अधुरा काम सम्पन्न हुने दिन रहेको छ,अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ,आजको शुभ अंक -५ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईको लागि आजको दिन सामान्य रहेको देखिन्छ ,आर्थिक लाभ हुने खालको समय रहेको देखिन्छ ,कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ , आजको शुभ अंक- ११ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आटेको काम बन्नेनै देखिन्छ ,सुखले पनि साथ दिनेनै छ, सन्तानबाट खोजे जस्तो सहयोग पाउन सकिन्छ,आजको शुभ अंक – १० रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैवाहिक जीवन सुखी हुने खालको दिन रहेको देखिन्छ, सांगीतिक तथा कलाकारिताको क्षेत्र तिर काम गर्दा एकदम फाइदाको समय रहेको देखिन्छ,आजको शुभ अंक – ४ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यात्राको लागि उचित समय रहेको देखिन्छ, सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ ,केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ,आजको शुभ अंक- १ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
भाग्योदयको समय रहेको छ, पारिवारिक समयबाट समस्याको समाधान हुने देखिन्छ, आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होलाआजको शुभ अंक- ८ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक सामाजिक काममा संलग्न हुनु पर्ने खालको समय रहेको देखिन्छ, पूजापाठमा ध्यान जाने खालको दिन रहेको छ, सोचेर अगी बढ्नु भयो भने आजको दिन तपाईको लागि राम्रै छ,आजको शुभ अंक – ६ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनोरंजनको समय रहेको देखिन्छ, सोचे अनुसार अगी बढ्नु भयो भने राम्रो हुने समय रहेको देखिन्छ, पढाइलेखाइको क्षेत्र बाट पनि लाभ हुने खालको समय रहेको देखिन्छ,आजको शुभ अंक- १२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *