दिव्य दैनिक राशिफल

su5

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

अाजको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत २१ गते, सोमवार, इश्वी सन् २०१७ अप्रिल ३ तारिख, शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३७ चौलाथ्व, चैत्र शुक्लपक्ष, तिथि– सप्तमी, १७:२३ बजेउप्रान्त अष्टमी,नक्षत्र– आर्द्रा, २७:५९ बजेउप्रान्त पुनर्वशु, योग– शोभन, २२:२६ बजेउप्रान्त अतिगण्ड, करण– गर, ६:३१ बजेदेखि वणिज, १७:२३ बजेपछि भद्रा २८:१८ बजेउप्रान्त वव,आनन्दादिमा काल योग, चन्द्रराशि– मिथुन,सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १८:२२ बजे र दिनमान ३१ घडी ०८ पला।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत २२ गते, मंगलवार,इश्वी सन् २०१७ अप्रिल ४ तारिख, शकसंवत् १९३९, साधारण संवत्सर,उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३७ चौलाथ्व, चैत्र शुक्लपक्ष, तिथि– अष्टमी, १५:१५ बजेउप्रान्त नवमी, नक्षत्र– पुनर्वशु, २६:४२ बजेउप्रान्त तिष्य, योग– अतिगण्ड, १९:३७ बजेउप्रान्त सुकर्मा, करण– वव, १५:१५ बजेदेखि वालव, २६:१७ बजेउप्रान्त कौलव, आनन्दादिमा स्थिर योग, चन्द्रराशि– मिथुन, २१:०० बजेउप्रान्त कर्कट, सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १८:२२ बजे र दिनमान ३१ घडी १२ पला।वर्त/पर्व- भौमाष्टमी व्रत, गोरखकाली पूजा,चैते दसैं,भवानी उत्पत्ति दिवस, श्री श्वेतमत्स्येन्द्रनाथ रथ–यात्रा,अशोकका पाउला खाने सांस्कृतिक दिवस। जमयात।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
लामो समयदेखि रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन्,विपत्ति, वैदेशिक यात्रामा असफलता, धनहानि जस्ता समस्या आउन सक्छन्,आजको शुभ अंक – १० रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
असमझदारी बढ्ने, अनावश्यक खर्च र बाहिरी यात्रामा कष्ट हुने देखिन्छ, साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ , पढाइलेखाइ अपूर्ण देखिन्छ,आजको शुभ अंक -५ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सम्पत्तिको नाउँमा आफन्तजनमा वैरभाव र पारिवारिक कलहले सताउने योग छ, स्वास्थ्यमा कमजोरी र काम वा उन्नतिमा बाधा हुने देखिन्छ ,आजको शुभ अंक- ८ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक असमझदारी, कष्ट, जीवनसाथीलाई अस्वस्थता र रोग, बन्धन, आरोप, जरिवाना जस्ता विघ्नबाधा आइपर्ने सम्भावना छ,आजको शुभ अंक- १ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ, शिक्षा क्षेत्र कमजोर देखिन्छ,नसा, जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले सताउन सक्छ,आजको शुभ अंक- १२ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नै कमजोरीले हातमा आएको काम र फाइदा गुम्न सक्छ,उत्साहमा कमी र विलम्बका साथ कार्य सम्पादन हुने छ,आजको शुभ अंक – ६ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम बिग्रने, धन हानि र परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ, मानहानि र व्यावहारिक अप्ठ्याराहरू आइपर्ने छ,आजको शुभ अंक -७ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइलेखाइ अवरुद्ध बन्ने देखिन्छ ,टाढाको यात्रा, धर्मकर्म वा मंगलमय कृत्यका लागि धन खर्च हुनेछ , व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर भने मिल्नेछ,आजको शुभ अंक- ९ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कष्ट, जरिवाना, बदनाम, चिन्ता जस्ता विघ्नबाधा आउला,बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ ,आजको शुभ अंक- ५ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रोकिएका काम बन्नेछन् ,घरमा ऐश्वर्य सम्पन्नता, धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ,आजको शुभ अंक-६ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ,अध्ययनका लागि विदेशयात्रा सम्भावना छ ,आर्थिक उपार्जनमा सुधार आउनेछ,आजको शुभ अंक- ११ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्थान परिवर्तन र अध्ययनका लागि विदेशयात्राको योग बन्नेछ,बेचबिखन गर्नुपर्ने स्थायी सम्पत्ति बिक्री हुन सक्छ,,आजको शुभ अंक – ४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *