दिव्य दैनिक राशिफल

su9

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

अाजको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत २२ गते, मंगलवार,इश्वी सन् २०१७ अप्रिल ४ तारिख, शकसंवत् १९३९, साधारण संवत्सर,उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३७ चौलाथ्व, चैत्र शुक्लपक्ष, तिथि– अष्टमी, १५:१५ बजेउप्रान्त नवमी, नक्षत्र– पुनर्वशु, २६:४२ बजेउप्रान्त तिष्य, योग– अतिगण्ड, १९:३७ बजेउप्रान्त सुकर्मा, करण– वव, १५:१५ बजेदेखि वालव, २६:१७ बजेउप्रान्त कौलव, आनन्दादिमा स्थिर योग, चन्द्रराशि– मिथुन, २१:०० बजेउप्रान्त कर्कट, सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १८:२२ बजे र दिनमान ३१ घडी १२ पला।वर्त/पर्व- भौमाष्टमी व्रत, गोरखकाली पूजा,चैते दसैं,भवानी उत्पत्ति दिवस, श्री श्वेतमत्स्येन्द्रनाथ रथ–यात्रा,अशोकका पाउला खाने सांस्कृतिक दिवस। जमयात।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत २३ गते,बुधवार,इश्वी सन् २०१७ अप्रिल ५ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर,उत्तरायण,वसन्त ऋतु, नेपाल संवत् ११३७ चौलाथ्व,चैत्र शुक्लपक्ष,तिथि– नवमी, १३:२३ बजेउप्रान्त दशमी, नक्षत्र– तिष्य, २५:४३ बजेउप्रान्त अश्लेषा,योग– सुकर्मा, १७:०१ बजेउप्रान्त धृति, करण– कौलव, १३:२३ बजेदेखि तैतिल, २४:३४ बजेउप्रान्त गर, आनन्दादिमा मातंग योग, चन्द्रराशि– कर्कट, सूर्योदय– ५:५२ बजे, सूर्यास्त– १८:२३ बजे र दिनमान ३१ घडी १६ पला।वर्त/पर्व- रामनवमी व्रत,राम जयन्ती, राम यात्रा।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ,आजको शुभ अंक – ६ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ, विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ,आजको शुभ अंक – ४ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ, प्रशस्त धन आर्जन गर्ने मौका छ, पराक्रम र उत्साह बढ्नेछ,आजको शुभ अंक- ५ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ, सहयोगी जुटाउन नसकिएला, आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ,आजको शुभ अंक- ११ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पढाइमा प्रगति हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,आजको शुभ अंक – १० रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला,उपलब्धि उठाउन मुस्किल पर्नेछ,शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ,आजको शुभ अंक-६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ, व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ,मनपर्ने भौतिक साधन जोड्ने समय छ,आजको शुभ अंक- १२ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,लगनशील बन्न नसक्ता आलोचित बन्नुपर्ला ,आजको शुभ अंक- ८ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ,चुनौती चिर्दै काम बनाउन सफल भइनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ, आजको शुभ अंक -७ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ, भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,अचानक अर्थ अभाव देखापर्न सक्छ,आजको शुभ अंक- १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ,चिताएको प्रतिफल उठाउन नसकिए पनि दोहोर्याएर प्रयत्न गर्दा आस मारेको फल पुनः प्राप्त हुन सक्छ,आजको शुभ अंक -५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *