दिव्य दैनिक राशिफल

su8

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

अाजको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत २३ गते,बुधवार,इश्वी सन् २०१७ अप्रिल ५ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर,उत्तरायण,वसन्त ऋतु, नेपाल संवत् ११३७ चौलाथ्व,चैत्र शुक्लपक्ष,तिथि– नवमी, १३:२३ बजेउप्रान्त दशमी, नक्षत्र– तिष्य, २५:४३ बजेउप्रान्त अश्लेषा,योग– सुकर्मा, १७:०१ बजेउप्रान्त धृति, करण– कौलव, १३:२३ बजेदेखि तैतिल, २४:३४ बजेउप्रान्त गर, आनन्दादिमा मातंग योग, चन्द्रराशि– कर्कट, सूर्योदय– ५:५२ बजे, सूर्यास्त– १८:२३ बजे र दिनमान ३१ घडी १६ पला।वर्त/पर्व- रामनवमी व्रत,राम जयन्ती, राम यात्रा।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७३ साल चैत २४ गते,बिहीवार,इश्वी सन् २०१७ अप्रिल ६ तारिख, शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण,वसन्त ऋतु, नेपाल संवत् ११३७ चौलाथ्व, चैत्र शुक्लपक्ष,तिथि– दशमी, ११:५० बजेउप्रान्त एकादशी,नक्षत्र– अश्लेषा, २५:०५ बजेउप्रान्त मघा, योग– धृति, १४:४१ बजेउप्रान्त शूल,करण– गर, ११:५० बजेदेखि वणिज, २३:१२ बजेउप्रान्त भद्रा, आनन्दादिमा अमृत योग,चन्द्रराशि– कर्कट, २५:०५ बजेउप्रान्त सिंह, सूर्योदय– ५:५१ बजे, सूर्यास्त– १८:२३ बजे र दिनमान ३१ घडी २१ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ , नयाँ काम हात पर्न सक्छ ,व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ,आजको शुभ अंक- ८ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापारले फाइदा दिलाए पनि वादविवादले समस्या निम्त्याउन सक्छ, हतारमा काम गर्दा समस्या आउनसक्छ ,प्रेम जीवन सुमधुर रहनेछ ,आजको शुभ अंक-६ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमाइलोको पछि लाग्नाले हातमा आएको काम पनि गुमाउनु पर्नसक्छ, समयमा निर्णय लिन नसक्दा पछि परिनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक समस्याले सतौनेछ ,पहिले गरिएको कामबाट केहि लाभ प्राप्त हुनेछ, शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ,आजको शुभ अंक- १ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतका समस्या बल्झिन सक्ने हुँदा काम बिग्रने भयले सताउनेछ भने मन खिन्न रहनेछ ,अरूका काममा धेरै समय खर्चनुपर्ला,आजको शुभ अंक- ५ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ, शत्रुमाथि जित हासिल हुँदा काममा उत्साह बढ्नेछ ,गरिएको कामबाट राम्रै प्रतिफल प्राप्त हुनेछ,आजको शुभ अंक- १२ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा निर्णय लिन नसक्दा पछि परिनेछ, खर्च बढ्नेछ ,विवाद पर्नसक्ने हुँदा सोचेर मात्र काम गर्दा राम्रो हुनेछ ,आजको शुभ अंक – ४ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेको कामलाई निरन्तरता दिंदा राम्रो हुनेछ, वादविवादले समस्या निम्त्याउन सक्छ, बोलीको कारणले आलोचित भइएला, अरूका काममा धेरै समय खर्चनुपर्ला,आजको शुभ अंक -७ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
गरिएको कामको राम्रो फल पाइनेछ ,नयाँ काम हात पर्न सक्छ, मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै मनग्य लाभ हुनेछ,आजको शुभ अंक – ६ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मेहनतले सम्मानित स्थान दिलाउनाले उत्साह बढ्नेछ, सोचेर गरिएको काममा सबैले तारिफ गर्नेछन, लगनशीलता बढ्ने हुँदा नयाँ काम हात पर्नेछन् , आजको शुभ अंक -५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै मनग्य लाभ हुनेछ, जटिल ठानिएको काम पनि सजिलै सम्पादन हुनेछ,आजको शुभ अंक- ११ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आम्दानी बदेपनि तत्काल खर्चनुपर्ने स्थिति आउला, गरिएको कामको राम्रो फल पाउन समय प्रतिक्षा गर्नुपर्नेछ, आजको शुभ अंक – १० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *